काठमाडौं, वैशाख २ ।
नेप्से परिसूचकले आज फेरि उचाइ लिएको छ। मंगलबारको सेयर कारोबारमा बजार २७.१४ अंकले उक्लिँदै २,६८९.२२ बिन्दुमा पुगेको छ, जसले लगानीकर्ताहरूमा आशावाद बढाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २ करोड १८ लाख ४१ हजार कित्ता सेयर किनबेच भयो, जसबाट ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार सम्पन्न भयो। कारोबारी संख्याको हिसाबले ६९ हजार ३६४ पटक लेनदेन भएको थियो।
२१२ कम्पनीको सेयरमूल्य बढ्यो, केहीमा भने गिरावट
आज बजार बढ्दा २१२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ भने ३४ कम्पनीको मूल्यमा गिरावट आएको छ।
१० प्रतिशतले उचालो लिने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी विकास बैंक र नेपाल माइक्रो इन्स्यारेन्स परेका छन्।
यता, बलेफी हाइड्रो, विन नेपाल लघुवित्त, एनआइएबीएल स्टेबल फन्ड, आत्मनिर्भर लघुवित्त र अप्पर सोलु हाइड्रो का सेयर भने उल्लेख्य रूपमा घटेका छन्।
आजको कारोबारी समग्रमा सकारात्मक देखिए पनि व्यापार र म्युचुअल फन्ड समूहका सूचकहरू सामान्य रूपमा घटेका छन्, बाँकी सबै समूहमा हरियाली छाएको छ।
- Jigyasa media