Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

समाज विकास तथा वातावरण सुधार नेपालद्वारा पर्सामा ५ वटा कृषक समूह गठन

किसान सशक्तिकरण, बजार पहुँच र आधुनिक कृषिको दिशामा महत्वपूर्ण पहल

  •   ६ महिना अघि | ५ माघ २०८२, सोमवार

वीरगंज, पर्सा । समाज विकास तथा वातावरण सुधार नेपालद्वारा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोगमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०५ र ०६ मा ५ वटा कृषक समूह गठन गरिएको छ। मिति २०८२ माघ ०४ गते आइतबार सम्पन्न उक्त कार्यक्रमले स्थानीय किसान सशक्तिकरण र कृषि क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम समाज विकास तथा वातावरण सुधार नेपालका प्रबन्ध सञ्चालक कवि पुडासैनी, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका जनकपुर शाखा प्रबन्धक पवन कुमार सिंह तथा वीरगंज सम्पर्क कार्यालयका संयोजक जवाहरलाल रायको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा बहुदरमाई क्षेत्रका १०० भन्दा बढी स्थानीय किसानहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रबन्ध सञ्चालक कवि पुडासैनीले किसानहरूलाई संगठित गर्दै भेटघाट, छलफल र स्थानीय समस्या पहिचानका लागि कृषक समूह गठन अपरिहार्य रहेको बताउनुभयो। पहिचान गरिएका समस्या समाधानका लागि सामूहिक पहल र संस्थागत संरचना आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आफ्ना सहायक कम्पनीहरूमार्फत किसान सशक्तिकरण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी गराउँदै किसानको मुख्य समस्या रहेको बजारिकरण समाधानका लागि आर.के.सि.एन.एल. फुड बैंक लिमिटेड स्थापना गरिएको उल्लेख गर्नुभयो। उक्त संस्थामार्फत किसानबाटै ताजा तरकारी र फलफूल उचित बजार मूल्यमा खरिद, पारदर्शी सम्झौता, विषादी न्यूनीकरण गरिएको उत्पादनको बजार व्यवस्थापन गर्ने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो।

त्यसैगरी, कृषिलाई सूचना प्रविधिसँग जोड्न आर.के.सि.एन.एल. आई–टेक लिमिटेड स्थापना गरिएको जानकारी दिँदै डिजिटल कृषि समाधान, मोबाइल एप्स, बजार जानकारी तथा स्मार्ट कृषि उपकरणको प्रवद्र्धन गर्ने योजना अघि बढाइएको बताउनुभयो।

कार्यक्रममा सहभागी किसानहरूले संस्थाको यो पहललाई उपयोगी र समयसापेक्ष भन्दै आफ्नो उत्पादनको बजार सुनिश्चितता र उचित मूल्य पाउने आशा व्यक्त गरेका थिए। उनीहरूले कृषि प्रविधि, बजार पहुँच तथा उत्पादन क्षमता अभिवृद्धिका विषयमा महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।


छलफलका क्रममा किसानहरूले कृषि उपज बिक्रीका क्रममा बजारिकरण नै सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै कम्पनीले सिधै कृषकहरूसँग पारदर्शी सम्झौता गरेर अगाडि बढ्न सुझाव दिएका थिए।

कार्यक्रम अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ०५ को भौराटार र पटनी गाउँका किसानहरूलाई समेटेर ‘जय श्री राम कृषक समूह’, ‘सिधु कृषक समूह’ र ‘शिव शक्ति कृषक समूह’ तथा वडा नं. ०६ को गम्हरिया गाउँका किसानहरूलाई समेटेर ‘चाँद कृषक समूह’ र ‘सिधु कृषक समूह’ गठन गरिएको छ।

गठित प्रत्येक कृषक समूहमा महिलाको प्रतिनिधित्वसहित सात सदस्यीय कार्यसमिति गठन गरिएको छ। संस्थाले आगामी दिनमा स्थानीय कृषि उत्पादन प्रवद्र्धन, प्राविधिक सहजीकरण, बजार पहुँच विस्तार र कृषिलाई आधुनिक तथा लाभकारी पेशाको रूपमा विकास गर्न किसानमैत्री भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

  • Jigyasanepal

थप