२०८२ साउन ७, बुधबार
जिज्ञाशा नेपाल | अर्थ संवाददाता – काठमाडौं
साताको चौथो कारोबार दिन बुधबार, सेयर बजारले उत्साहजनक संकेत दिएको छ। लगातारको उतार–चढावपछि नेप्से परिसूचक आज ५.१७ अंकले उकालो लागेर २९७८.८८ विन्दुमा पुगेको छ।
एकैदिनमा ३१९ कम्पनीका ४ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १९ अर्ब ९७ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यो कारोबार पछिल्लो समयको उच्च कारोबारमध्ये पर्न जान्छ।
लगानीकर्ताको मुहारमा चमक : यी कम्पनीले दिलाए दोहोरो नाफा
आज ट्रेड टावर र सान्भी इनर्जी का लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशत ले लाभ कमाए।
त्यस्तै ग्रिन भेञ्चर ले ९.४० प्रतिशत र लिबर्टी इनर्जी ले ७ प्रतिशतले उछाल ल्याएर लगानीकर्तालाई आकर्षक प्रतिफल दिएका छन्।
गुमाउनेतर्फ भूगोल इनर्जी अगाडि
अर्कोतर्फ, बजारमा केही कम्पनीले घाटा पनि बेहोरिरहेका छन्। आज भूगोल इनर्जी का लगानीकर्ताले सर्वाधिक ५.३२ प्रतिशत ले मूल्य गुमाएका छन्।
सबैभन्दा धेरै कारोबार : हिमालयन रिइन्स्योरेन्स अगाडि
हिमालयन रिइन्स्योरेन्स : रु ७८ करोड १० लाख
शिवम् सिमेन्ट : रु ७५ करोड २९ लाख
निफ्रा (नेपाल इन्फ्रास्ट्रक्चर बैंक) : रु ६२ करोड ३३ लाख
यी कम्पनीहरू आजको सेयर कारोबार सूचीको शीर्ष स्थानमा रहे।
विस्तारै बिस्तार हुँदैछ बजारको आत्मविश्वास
लगातारको उकाली र ओइलीबीच बुधबारको कारोबारले सेयर बजारमा लगानीकर्ताको भरोसा बिस्तारै फर्किरहेको देखाएको छ। विश्लेषकहरू भन्छन् – यदि बजारमा स्थिरता कायम राख्न सकियो भने लगानी प्रवाह बढ्न सक्छ र उद्योग–धन्दामा सकारात्मक असर पर्नेछ।
निक्षेपकर्ता र नयाँ लगानीकर्ताका लागि के संकेत गर्छ आजको उछाल?
यो उछाललाई स्थायी बनाउन नीतिगत स्पष्टता, नियमनको सशक्तता र लगानीमैत्री वातावरणको विस्तार अपरिहार्य छ।
-
Jigyasanepal