चैत २८, २०८१, बिहीबार । काठमाडौँ – साताको अन्तिम कारोबार दिन बिहीबार देशको शेयरबजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ८.६ अंकले घट्दै २,६६७.६८ बिन्दुमा थामिएको छ।
दैनिक उतारचढावबीच नेप्सेमा कारोबार भएका २४५ कम्पनीमध्ये ११३ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १३१ कम्पनीको मूल्यमा गिरावट आएको हो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।
सबैभन्दा उच्च वृद्धिको सूचीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्स अगाडि रहे, दुबै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले उकालो लागेको हो।
तर बजारमा केही कम्पनीका लगानीकर्ताहरूका लागि बिहीबार घाटाको दिन बन्यो। बोटलर्स नेपाल (तराई) को शेयरमूल्य प्रतिकित्ता ९५० रुपैयाँ बराबरले घट्दै सर्वाधिक मूल्य गुमाउने कम्पनीको सूचीमा परेको छ।
दिनभरको कारोबार रकम पनि उच्च नै रह्यो। नेप्सेले दिएको जानकारी अनुसार बिहीबार मात्रै कुल ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।
यसो त बजार सूचक सामान्यतया करेक्सनको चरणमा रहेपनि केही बीमा कम्पनीहरूको प्रदर्शनले लगानीकर्तामा आंशिक उत्साह थपेको देखिन्छ। अब बजारले आगामी सातामा कुन दिशा लिन्छ भन्ने प्रतीक्षामा लगानीकर्ता छन्।
- Jigyasa media