जिज्ञासा नेपाल असार ३, २०८२ | काठमाडौँ
साताको दोस्रो दिन मंगलबार सेयर बजारले ओरालो बटार लिएको छ। बजार परिसूचक नेप्से ३.९० अंकले घटेर २६५४.७५ मा झरेको हो। कारोबार रकम पनि हिजोको तुलनामा करिब आधा घटेर ७ अर्ब ६५ करोड रुपैयाँमा सीमित रह्यो।
हिजो सोमबार नेप्से २.८० अंकले उकालो लागेको थियो भने १३ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। तर आजको कारोबारले बजारमा पुनः नकारात्मक मनोवृत्तिको संकेत दिएको छ।
उकालो लाग्ने कम्पनीहरू
नकारात्मक बजार प्रवृत्तिका बीच पनि केही कम्पनीहरूका सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखियो।
- पियोर इनर्जी को मूल्यमा ९.९९% ले उकालो,
- बुटवल पावर कम्पनी ७.७३% ले,
- सामुदायिक लघुवित्त ७.१३% ले,
- अपर हेवाखोला हाइड्रो ५.२८% ले,
- विन्ध्यवासिनी हाइड्रोपावर ५.१६% ले बढेका छन्।
यी कम्पनीहरूले समग्र बजारको सुस्त अवस्थालाई केही हदसम्म सन्तुलन दिने काम गरेका छन्।
गिरावटको सूची
उता, गिरावट बेहोर्नुपरेका कम्पनीहरूमा–
- गार्डियन माइक्रो लाइफ,
- नारायणी डेभलपमेन्ट बैंक,
- सिन्धु विकास बैंक,
- क्रेस्ट माइक्रो लाइफ प्रमुख छन्।
यी कम्पनीहरूको मूल्य अधिकतम ४.६२% ले घटेको देखिन्छ।
सानिमा माई अगाडि, बुटवल पावर पनि बलियो
आजको कारोबारमा सानिमा माई हाइड्रोपावर सबैभन्दा अगाडि देखियो, ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
- बुटवल पावर कम्पनी को ६० करोड,
- ङादी ग्रुप पावर को ४६ करोड,
- राधी विद्युत् को ३८ करोड बराबरको कारोबार भएको छ।
उपसूचकहरूको अवस्था
उपसूचकहरूको हिसाबले जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहमा आज गिरावट आएको छ। यसले समग्र बजार धारणा अझै स्थिर हुन बाँकी रहेको संकेत गर्छ।
-
Jigyasanepal