Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सेयर बजार हरियालीतर्फ, नेप्से ६.७४ अंकले उकालो ३ अर्ब ४४ करोडको कारोबार

  •   ९ महिना अघि | २९ मंसिर २०८२, सोमवार

काठमाडौं

साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढ्दै हरियालीतर्फ उन्मुख भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा कायम भएको छ। बजार ०.२५ प्रतिशतले उकालो लागेको हो।

सामान्य सुधार देखिएको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। कुल कारोबार भएका कम्पनीमध्ये १५५ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ भने ९४ कम्पनीको मूल्य घटेको छ।

सोमबार बजारमा ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँ पुगेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता देखाएको छ।

कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल, स्वेत–गंगा हाइड्रो, ओम मेगाश्री फर्माटिकल्सलगायतका कम्पनी शीर्ष स्थानमा रहे।

तर सबै कम्पनीका लागि दिन अनुकूल भने रहेन। हिमस्टार ऊर्जा, एनएमबि माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, ज्योति विकास बैंक बोण्ड र बाराही हाइड्रोलगायतका कम्पनीका सेयरधनीले उच्च गुमावट बेहोरे।

समूहगत सूचकतर्फ हेर्दा होटेल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूह घटेका छन् भने बाँकी अधिकांश समूहमा वृद्धि देखिएको छ।

  • Jigyasanepal

थप