Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सेयर बजार हरियालीतर्फ, नेप्से ६.७४ अंकले उकालो ३ अर्ब ४४ करोडको कारोबार

  •   ११ महिना अघि | २९ मंसिर २०८२, सोमवार

काठमाडौं।

साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढ्दै हरियालीतर्फ उन्मुख भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा कायम भएको छ। बजार ०.२५ प्रतिशतले उकालो लागेको हो।

सामान्य सुधार देखिएको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। कुल कारोबार भएका कम्पनीमध्ये १५५ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ भने ९४ कम्पनीको मूल्य घटेको छ।

सोमबार बजारमा ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँ पुगेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता देखाएको छ।

कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल, स्वेत–गंगा हाइड्रो, ओम मेगाश्री फर्माटिकल्सलगायतका कम्पनी शीर्ष स्थानमा रहे।

तर सबै कम्पनीका लागि दिन अनुकूल भने रहेन। हिमस्टार ऊर्जा, एनएमबि माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, ज्योति विकास बैंक बोण्ड र बाराही हाइड्रोलगायतका कम्पनीका सेयरधनीले उच्च गुमावट बेहोरे।

समूहगत सूचकतर्फ हेर्दा होटेल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूह घटेका छन् भने बाँकी अधिकांश समूहमा वृद्धि देखिएको छ।

  • Jigyasanepal

थप