Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

१० अंकले घट्यो नेप्से, ५ अर्बको सेयर कारोबार

बजार ओरालो लाग्दा पनि केही कम्पनीमा दोहोरो अंकको कमाइ

  •   ८ महिना अघि | २० पुस २०८२, आइतवार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा झरेको छ।

नेप्सेका अनुसार आज बजारमा करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल १ करोड कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणको कारोबार भएको हो।

आजको कारोबारमा ७९ कम्पनीको सेयर मूल्य बढेको, १७१ कम्पनीको घटेको र ९ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्र बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।

बढ्ने सेयरमध्ये विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेक का सेयरधनीले १० प्रतिशतको हाराहारीमा आम्दानी गरेका छन्। यसैगरी सान्भी इनर्जी को सेयर मूल्य ९.१६ प्रतिशतले बढेको छ।

त्यस्तै सागर डिस्टिलरी को सेयर ७.८३ प्रतिशत र युनाइटेड आईडीआई मार्दी हाइड्रोपावर को सेयर ७.७० प्रतिशतले वृद्धि भएको छ।

आज बजारमा अधिकतम ४.३२ प्रतिशतसम्मको गिरावट देखिएको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको मात्रै ३० करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा अग्रस्थानमा रहेका अन्य कम्पनीहरूमा श्रीनगर एग्रिटेक (२२ करोड), बन्दीपुर केबलकार (२२ करोड), एनआईसी एसिया बैंक (२१ करोड) र सागर डिस्टिलरी (१८ करोड) रहेका छन्।

लगातारको उतारचढावबीच बजारको आगामी दिशा आर्थिक सूचक, लगानीकर्ताको मनोविज्ञान र नीतिगत संकेतले निर्धारण गर्ने विश्लेषकहरू बताउँछन्।

  • Jigyasanepal

थप