Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

खुटिया खोलामा डुबेर ४ जना किशोरको मृत्यु, ३ जना जोगिए

  •   ११ महिना अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, कैलाली

कैलालीको गोदावरी नगरपालिका–९, खुटिया खोलामा पौडी खेल्न गएका ७ जना मध्ये ४ किशोरको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, खोलामा पसेका मध्ये ३ जना भने पौडी खेल्दै किनारमा आउन सफल भए। तर ४ किशोरलाई जोगाउन नसकिँदा उनीहरूको ज्यान गएको हो।

मृत्यु भएका किशोरहरू

सक्षम जोशी (१७ वर्ष)

जेब भण्डारी (१५ वर्ष)

जाबेज भण्डारी (१७ वर्ष)

प्रतिक चौधरी (१७ वर्ष)

घटनापछि प्रहरीले स्थानीयको सहयोगमा शव उद्धार गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

अचानक खोलाको पानीको बहाव तीव्र हुँदा किशोरहरू डुबेको अनुमान गरिएको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप