Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

कैलालीमा विषादी सेवन गरेका आमा-छोरीको मृत्यु

  •   १ वर्ष अघि | १० फाल्गुन २०८१, शनिबार

धनगढी, फागुन १० – कैलालीमा विषादी सेवन गरेका एक आमा र उनकी छोरीको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–२ निवासी ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीलाई विषादी सेवन गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो उनीहरू आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यले तत्कालै उनीहरूलाई उपचारका लागि धनगढीस्थित कैलाली अस्पताल लगे पनि उपचारकै क्रममा दुबैको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप