Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

विश्वकप लिग -२ आज नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँंदै

  •   १ वर्ष अघि | २५ जेष्ठ २०८२, आइतवार

जिज्ञासा नेपाल | जेठ २५, २०८२, आइतबार | काठमाडौँ

आइसिसी विश्वकप लिग–२ अन्तर्गत चलिरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिल मैदानमा खेल सुरु हुनेछ।

लगातार दुई खेलमा विजय हासिल गर्दै उत्साही बनेको नेपाल आजको खेलमार्फत तेस्रो जित हात पार्ने लक्ष्यमा रहेको छ। पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी छँदै १ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

त्यसैगरी, नेपालसँग पहिलो खेलमा पराजित भएको स्कटल्यान्ड आजको खेलमा हारको बदला लिने उद्देश्यसहित मैदान उत्रने तयारीमा छ। स्कटल्यान्डले नेदरल्यान्ड्सलाई भने ४४ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरिसकेको छ।

हालसम्मको लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले १८ खेलमध्ये १० मा जित, ६ मा हार र २ खेलमा अंक बाँडेको छ। २२ अंकका साथ स्कटल्यान्ड चौथो स्थानमा रहेको छ। नेपाल भने १४ खेलमध्ये ४ मा जित, ८ मा हार र २ खेलमा अंक बाँड्दै १० अंकका साथ सातौँ स्थानमा रहेको छ।

विश्वकप लिग–२ अन्तर्गतको यो सिरिज नेपालका लागि आगामी चरणमा पुग्न महत्वपूर्ण रहेकोले प्रत्येक खेल निर्णायक बन्दै गएको छ।


🔴 आजको खेल
📍 स्थान: फोर्थहिल, डुन्डी, स्कटल्यान्ड
🕒 समय: नेपाली समय अनुसार दिउँसो ३:४५ बजे
🏏 नेपाल बनाम स्कटल्यान्ड – रोमाञ्चक द्वन्द्वको अपेक्षा

  • Jigyasanepal

थप