Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

काठमाडौं महानगरको काभा महिला भलिवल नेसन्स लिग उपविजेता नेपाली टोलीलाई सम्मान

  •   २ वर्ष अघि | २४ साउन २०८१, बिहिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेन्ट्रल एशियन भलिवल एसोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ। बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित सम्मान गरेका छन्।


बिहीबार आयोजित कार्यक्रममा उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए। त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो।


सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ रहेका छन्। त्यस्तै, खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट लोकेन्द्रबहादुर कुँवर रहेका छन्।


खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डगोलले उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन्। उनले भनिन्, “पदक प्राप्त गर्नु प्राविधिक कुरा हो। खेलमा जित र हार हुन्छ नै। सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको उर्जा हो। महिला भलिवल टोलीमा हामीले त्यो उर्जा पायौं।”


सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरूमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे। काठमाडौंको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३-२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन्। राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय हासिल गरेको थियो।

  • Jigyasa media

थप