Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

साफ यू-१७ च्याम्पियनसिप: नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

काठमाडौं – भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिपको समूह बी अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० को हार बेहोरेको छ। शनिबार चाङल्मिथाङ स्टेडियममा भएको प्रतिस्पर्धामा पाकिस्तानका वैकल्पिक खेलाडी मुहम्मद तल्हाले ८१औं मिनेटमा निर्णायक गोल गर्दै पाकिस्तानलाई जित दिलाए।

तल्हा खेलको ७० औं मिनेटमा अब्दुल घानीको स्थानमा मैदान प्रवेश गरेका थिए र ११ मिनेटमै निर्णायक गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए। नेपालले खेलमा बराबरीको मौका खोजे पनि पाकिस्तानको गोलकिपरलाई चुनौती दिन असफल रह्यो।

अब नेपालले सोमबार श्रीलंका र बुधबार भुटानसँग आफ्नो बाँकी समूह चरणका खेलहरू खेल्नेछ।


  • Jigyasanepal

थप