Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

एसिसी महिला एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय महिला टिम श्रीलंकामा

  •   २ वर्ष अघि | २५ असार २०८१, मङ्लबार

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली राष्ट्रिय महिला टिम श्रीलंका पुगिसकेको छ । ४ देखि १३ साउनसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरिसकेको छ । गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसिसी महिला प्रिमियर कपबाट नेपाल एसियन कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो ।

प्रतियोगितामा ८ टोलीको सहभागी छ । २ समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट २–२ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी २ टोलीबीच फाइनल भिडन्त १३ साउनमा हुनेछ ।

महिला एसिया कप टोलीको नेतृत्व नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई दिएको छ । बर्मा कप्तान रहेको टोलीमा अनुभवी खेलाडी एवं पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।

नेपालमा लामो समयको अभ्यासपछि नेपाली महिला टिम कोलम्बो पुगेको हो । नेपालले प्रतियोगितामा पहिलो खेल ४ साउनमा युएईसँग खेल्नेछ । सो खेल श्रीलंकाको डम्बुलामा हुनेछ । नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । सो खेल ८ साउनमा डम्बुलामै हुनेछ ।

नेपालको महिला क्रिकेट टिमले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा सहभागिता जनाएको थियो ।

  • Reporter

थप