Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

पनौतीको ऐतिहासिक जित: तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो पोल्टामा

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

पनौती ।पनौती नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ मा विजय हासिल गर्दै आफ्नो दबदबा कायम राखेको छ।

काभ्रे जिल्ला स्तरीय प्रतियोगितामा १७ स्वर्ण, १७ रजत, र २० कास्य पदक जित्दै पनौती नगरपालिकाले जिल्ला प्रथम बन्न सफल भएको हो।


विजेता खेलाडी सम्मान कार्यक्रम

पनौती नगरपालिकाले विजेता खेलाडीहरूलाई सम्मान गर्दै प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई ५ हजार रुपैयाँ र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।


नगर प्रमुख राम शरण भण्डारीले खेलाडीहरूलाई बधाई दिँदै भने,

"नगरको इज्जत राख्ने गरी खेलाडीहरूले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा जितेर आउन् भन्ने हाम्रो चाहना छ। नगरपालिकाले आगामी दिनमा खेलाडीहरूको प्रोत्साहनमा कुनै कमी रहने छैन।"


यस्तै, उपप्रमुख गीता बन्जराले खेल र युवा शक्ति नै नगरको सम्पत्ति भएको उल्लेख गर्दै,

"नगरपालिकाले खेलाडीहरूलाई आवश्यक सबै सहयोग गर्नेछ र भविष्यमा अझ ठूलो उपलब्धि हासिल गर्न प्रेरित गर्नेछ," भनी प्रतिबद्धता व्यक्त गरिन्।

पनौती नगरपालिकाको यो ऐतिहासिक सफलताले नगरलाई खेलकुदको गढका रूपमा स्थापित गर्ने मार्ग प्रशस्त गरेको  बताइन्छ ।


#PanoutiChampion #RunningShield2081 #KavreS

ports #YouthPower


  • Jigyasa media

थप