Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

पनौतीको ऐतिहासिक जित: तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो पोल्टामा

  •   १ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

पनौती ।पनौती नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ मा विजय हासिल गर्दै आफ्नो दबदबा कायम राखेको छ।

काभ्रे जिल्ला स्तरीय प्रतियोगितामा १७ स्वर्ण, १७ रजत, र २० कास्य पदक जित्दै पनौती नगरपालिकाले जिल्ला प्रथम बन्न सफल भएको हो।


विजेता खेलाडी सम्मान कार्यक्रम

पनौती नगरपालिकाले विजेता खेलाडीहरूलाई सम्मान गर्दै प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई ५ हजार रुपैयाँ र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।


नगर प्रमुख राम शरण भण्डारीले खेलाडीहरूलाई बधाई दिँदै भने,

"नगरको इज्जत राख्ने गरी खेलाडीहरूले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा जितेर आउन् भन्ने हाम्रो चाहना छ। नगरपालिकाले आगामी दिनमा खेलाडीहरूको प्रोत्साहनमा कुनै कमी रहने छैन।"


यस्तै, उपप्रमुख गीता बन्जराले खेल र युवा शक्ति नै नगरको सम्पत्ति भएको उल्लेख गर्दै,

"नगरपालिकाले खेलाडीहरूलाई आवश्यक सबै सहयोग गर्नेछ र भविष्यमा अझ ठूलो उपलब्धि हासिल गर्न प्रेरित गर्नेछ," भनी प्रतिबद्धता व्यक्त गरिन्।

पनौती नगरपालिकाको यो ऐतिहासिक सफलताले नगरलाई खेलकुदको गढका रूपमा स्थापित गर्ने मार्ग प्रशस्त गरेको  बताइन्छ ।


#PanoutiChampion #RunningShield2081 #KavreS

ports #YouthPower


  • Jigyasa media

थप