Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

साफ च्याम्पियनसिपको फाइनलमा गोल गर्ने अमिशा कार्कीलाई १ लाखसहित सम्मान

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौं - नेपाली महिला फुटबल टोलीकी खेलाडी अमिशा कार्कीलाई बंगलादेशविरुद्धको फाइनलमा गोल गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएबापत १ लाख नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले बानेश्वरमा विशेष कार्यक्रम आयोजना गर्दै अमिशालाई नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गर्‍यो।

एसएस फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष, वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई सम्मान प्रदान गरे। उनले साफ महिला च्याम्पियनसिपको फाइनलमा अमूल्य योगदान दिएकी थिइन् र उनको प्रदर्शनले नेपालको महिला फुटबलमा नयाँ जोश भरेको छ।

कार्यक्रममा अमिशाले भावुक हुँदै प्रशंसकहरूको समर्थनप्रति आभार व्यक्त गरिन् र आगामी प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा प्रतिबद्धता जनाइन्। फाउन्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूको परिश्रम र लगावलाई प्रोत्साहित गर्न यस्तो सम्मानको आवश्यकतालाई जोड दिए।

फाउन्डेसनले प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गर्दै आएको छ।


  • Jigyasa media

थप