Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

साफ च्याम्पियनसिपको फाइनलमा गोल गर्ने अमिशा कार्कीलाई १ लाखसहित सम्मान

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौं - नेपाली महिला फुटबल टोलीकी खेलाडी अमिशा कार्कीलाई बंगलादेशविरुद्धको फाइनलमा गोल गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएबापत १ लाख नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले बानेश्वरमा विशेष कार्यक्रम आयोजना गर्दै अमिशालाई नगद पुरस्कार र सम्मानपत्रले सम्मानित गर्‍यो।

एसएस फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष, वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई सम्मान प्रदान गरे। उनले साफ महिला च्याम्पियनसिपको फाइनलमा अमूल्य योगदान दिएकी थिइन् र उनको प्रदर्शनले नेपालको महिला फुटबलमा नयाँ जोश भरेको छ।

कार्यक्रममा अमिशाले भावुक हुँदै प्रशंसकहरूको समर्थनप्रति आभार व्यक्त गरिन् र आगामी प्रतियोगितामा उपाधि जित्ने लक्ष्यमा प्रतिबद्धता जनाइन्। फाउन्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूको परिश्रम र लगावलाई प्रोत्साहित गर्न यस्तो सम्मानको आवश्यकतालाई जोड दिए।

फाउन्डेसनले प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गर्दै आएको छ।


  • Jigyasa media

थप