Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपालको कीर्तिमानी प्रदर्शन: कुवेतमाथि १६५ रनको शानदार जीत

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक २७ - यूएईमा भइरहेको आइसिसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान पूजा महतोको ऐतिहासिक शतक र ५ विकेटको शानदार प्रदर्शनले नेपाललाई यो उपलब्धि दिलायो।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा २ विकेट गुमाएर २१३ रनको विशाल स्कोर बनायो। पूजाले ६९ बलमा १७ चौकासहित नट आउट १३० रन बनाउँदै प्रतियोगितामा पहिलो शतक बनाइन्। पूजाको यो प्रदर्शनले नेपाली महिला क्रिकेटमा नयाँ रेकर्ड राखेको छ। यसअघिको सबैभन्दा उच्च व्यक्तिगत स्कोर पनि यही प्रतियोगितामा युएईकी लाभन्या केन्याले बनाएको ९९ रनको थियो, जुन अब पूजाले पार गरिन्।

कुवेतले नेपालद्वारा प्रस्तुत २१४ रनको लक्ष्य पछ्याउने क्रममा १३ ओभरमै ४८ रनमा अलआउट भयो। कुवेतका कप्तान जिफा जिलानीले ३६ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। पूजाले ४ ओभरमा मात्र ८ रन दिएर ५ विकेट लिइन्, जबकि रचना चौधरी र सिमाना केसीले समान २-२ विकेट हात पारे।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले कात्तिक २८ मा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। चार टोली सहभागी यस छनोट प्रतियोगितामा शीर्ष स्थान प्राप्त गर्ने टोलीले सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ।


  • Jigyasa media

थप