Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

नेपालको कीर्तिमानी प्रदर्शन: कुवेतमाथि १६५ रनको शानदार जीत

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक २७ - यूएईमा भइरहेको आइसिसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान पूजा महतोको ऐतिहासिक शतक र ५ विकेटको शानदार प्रदर्शनले नेपाललाई यो उपलब्धि दिलायो।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा २ विकेट गुमाएर २१३ रनको विशाल स्कोर बनायो। पूजाले ६९ बलमा १७ चौकासहित नट आउट १३० रन बनाउँदै प्रतियोगितामा पहिलो शतक बनाइन्। पूजाको यो प्रदर्शनले नेपाली महिला क्रिकेटमा नयाँ रेकर्ड राखेको छ। यसअघिको सबैभन्दा उच्च व्यक्तिगत स्कोर पनि यही प्रतियोगितामा युएईकी लाभन्या केन्याले बनाएको ९९ रनको थियो, जुन अब पूजाले पार गरिन्।

कुवेतले नेपालद्वारा प्रस्तुत २१४ रनको लक्ष्य पछ्याउने क्रममा १३ ओभरमै ४८ रनमा अलआउट भयो। कुवेतका कप्तान जिफा जिलानीले ३६ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। पूजाले ४ ओभरमा मात्र ८ रन दिएर ५ विकेट लिइन्, जबकि रचना चौधरी र सिमाना केसीले समान २-२ विकेट हात पारे।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले कात्तिक २८ मा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। चार टोली सहभागी यस छनोट प्रतियोगितामा शीर्ष स्थान प्राप्त गर्ने टोलीले सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ।


  • Jigyasa media

थप