Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

पारस खड्का लिजेण्ड क्रिकेट लिगमा गुजरात टिमबाट खेल्ने

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) का सचिव र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का लिजेण्ड क्रिकेट लिगको तेस्रो सिजनमा गुजरात टिमबाट खेल्ने भएका छन्। उनलाई आगामी सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ।

लिजेण्ड लिग क्रिकेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० बाट सुरु हुँदैछ। यो लिगमा सन्यास लिएका क्रिकेटरहरू खेल्ने चलन छ। यस सिजनमा ६ टिम बीच कुल २५ खेल हुनेछन्, जसका लागि खेलहरू भारतको जोधपुर, सुरत, र जम्मुमा आयोजना हुनेछन्। सिजनको फाइनल खेल अक्टोबर १६ मा हुनेछ।

  • Jigyasa media

थप