Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपाल पुलिस क्लबको दोस्रो जित: श्रीलंकाको एयर फोर्सलाई हराउँदै लगातार सफलता

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

काठमाडौँ, ३१ भदौ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। आज माले, माल्दिभ्समा भएको खेलमा पुलिस क्लबले श्रीलंकाको एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिस क्लबले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२०, र तेस्रो सेट २५–२१ को सहज जित हात पार्दै खेल आफ्नो पक्षमा पारेको हो। यसअघि पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई पनि ३–० को सेटमा हराउँदै प्रतियोगिताको विजयी यात्रा सुरु गरेको थियो।

पुलिस क्लबले आफ्नो तेस्रो खेलमा भोलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ। पुलिस टोलीले यस प्रतियोगितामा महिला भलिबल लिगको च्याम्पियन बनेको हैसियतमा भाग लिएको हो, जसमा गत चैतमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको थियो।


  • Jigyasa media

थप