Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आईपीएलमा दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आशुतोष शर्माको विस्फोटक इनिङ्स

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत १२ – आशुतोष शर्माको उत्कृष्ट ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोमाञ्चक जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गर्‍यो।

लखनउले प्रस्तुत गरेको २१० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। अन्तिम ३ ओभरमा ३९ रन आवश्यक पर्दा विकेट गुम्न थालेपछि आशुतोषले निर्णायक भूमिकामा रहँदै टोलीलाई जित दिलाए।

खेलको सुरुआतमै ३ विकेट गुमाउँदै दबाबमा परेको दिल्लीका लागि अक्षर पटेल, फाफ डु प्लेसी, र ट्रिस्टन स्टब्सले केही सम्हालिए पनि जितको आधार आशुतोष र विप्राज निगमले तयार गरे। आशुतोषले ६६ रनको अविजित इनिङ्स खेले भने विप्राज निगमले ३९ रन बनाए। यी दुई खेलाडीले सातौं विकेटका लागि ५५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनाएको थियो। निकोलस पूरनले सर्वाधिक ७५ रन बनाए भने मिचेल मार्शले ७२ रनको योगदान दिए।

बलिङतर्फ दिल्लीका मिचेल स्टार्कले ३ विकेट लिए भने कूलदीप यादवले २ विकेट हात पारे। मुकेश कुमार र विप्राज निगमले १-१ विकेट लिए। लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी, र रवि विश्नोइले समान २-२ विकेट झारे।


  • Jigyasa media

थप