Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

महिला साफ च्याम्पियनसिप: रेखा र प्रितीको ह्याट्रिक, नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गर्‍यो

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं – महिला साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलको विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित हासिल गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल र प्रिती राईले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे। रेखाले ५ गोल र प्रितीले ३ गोल गर्दै नेपाललाई ऐतिहासिक जितमा पुर्‍याए।

रेखाले खेलको ३१औं, ४१औं, ४७औं, ६३औं र ७८औं मिनेटमा गोल गर्दै पाँच गोल पुर्‍याइन् भने प्रितीले खेलको ५औं, ६५औं र ८७औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरिन्। अन्य गोल सविता राना मगर (२८औं मिनेट), अनिता केसी (६८औं मिनेट) र अमिसा कार्की (८८औं मिनेट) ले गरेका थिए।

नेपालले यस जितसँगै ४ अंक जोडेको छ। प्रतियोगितामा नेपालको पहिलो खेल भुटानविरुद्ध गोलरहित बराबरीमा टुंगिएको थियो।


  • Jigyasa media

थप