Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो

  •   ५ महिना अघि | १२ जेष्ठ २०८३, मङ्लबार

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित बीपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मंगलबार अपराह्न करिब ४:१५ बजे धुलिखेलबाट काभ्रेभञ्ज्याङतर्फ जाँदै गरेको प्र.३-०२-००८ प ७१४३ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार धुलिखेल नगरपालिका–११ निवासी २० वर्षीय निर्जल घिमिरे गम्भीर घाइते भएका थिए। सडकमा लड्दा उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते घिमिरेलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा अपराह्न ४:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक धुलिखेल नगरपालिका–११ कै २० वर्षीय पुकार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

बीपी राजमार्गमा पछिल्ला दिनमा बढ्दै गइरहेका सवारी दुर्घटनाले यात्रु सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। तीव्र गति, असावधानी र सडक सुरक्षाप्रति बेवास्ताका कारण युवाहरू अकालमै ज्यान गुमाउन बाध्य भइरहेको स्थानीयको गुनासो छ।

  • Jigyasanepal

थप