Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्दै

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्ने भएको छ । यही साउन ६ गते शुक्रबारबाट सुरु भएको उद्घाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरिसकेको छ ।


श्रीलंकाको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने नेपालको दोस्रो खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा खेलेका थिए । उक्त खेलमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।


नेपाल रहेको समूह ‘ए’ को अर्को खेल आजै दिउँसो २ः१५ बजे भारत र यूएईबीच हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।


गत शुक्रबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाएर नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो ।


यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले आज पाकिस्तानसँग दोस्रो खेल खेलेपछि मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

  • Reporter

थप