Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, महाधिवेशनको तयारी तीव्र

  •   ३ महिना अघि | २३ जेष्ठ २०८३, शनिबार

काठमाडौं, जेठ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्दै संगठन विस्तार र नेतृत्व चयन प्रक्रियालाई तीव्रता दिएको छ। पार्टीले ७७ जिल्लामध्ये अधिकांश जिल्लामा तदर्थ समिति गठन गरिसकेको र अब जिल्ला अधिवेशनमार्फत निर्वाचित नेतृत्व चयनतर्फ अघि बढेको जनाएको छ।

पार्टीका अनुसार आज र भोलि देशभर जिल्ला अधिवेशन सञ्चालन हुनेछ। अधिवेशन सम्पन्न भएपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन आयोजना गरिने कार्यतालिका तय गरिएको छ। त्यसपछि असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुने तयारी गरिएको छ।

रास्वपाले हालसम्म ७७ वटै जिल्लामा संगठन निर्माणको काम अघि बढाएको भए पनि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने जिल्ला अधिवेशन नहुने भएको छ। ती जिल्लामा वडा तथा पालिका तहको अधिवेशनसमेत सम्पन्न नभएकाले अधिवेशन प्रक्रिया अघि नबढाइएको पार्टीले जनाएको छ।

पार्टीको निर्णयअनुसार कुनै जिल्लामा कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरिएको थियो। सोही मापदण्ड पूरा भएका जिल्लाहरूमा अधिवेशन प्रक्रिया सुरु गरिएको हो।

पछिल्लो समय संगठन विस्तारमा सक्रिय देखिएको रास्वपाले डोल्पामा तदर्थ समिति गठन गरेसँगै सबै जिल्लामा संगठनात्मक संरचना तयार गरेको थियो। अब जिल्ला र प्रदेश अधिवेशनमार्फत पार्टीले महाधिवेशनको आधार तयार गर्ने रणनीति लिएको छ।

आगामी महाधिवेशनलाई रास्वपाले आफ्नो संगठनात्मक सुदृढीकरण, नीति तथा नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। देशभरका कार्यकर्ता र प्रतिनिधिहरूको सहभागितामा हुने महाधिवेशनले पार्टीको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप