Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

रास्वपा नेतासँगको छलफलमा प्रधानमन्त्री ओलीको प्रश्न: "तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन कसरी प्रतिशोध भयो?"

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

काठमाडौं — सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पार्टी सभापति रवि लामिछानेमाथि सरकारद्वारा प्रतिशोध साधिएको गुनासो गरे। रास्वपा उपसभापति डीपी अर्याल र सांसद सन्तोष परियारले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई मात्र मुख्य जिम्मेवार ठानिएको भन्दै प्रहरीद्वारा कडा व्यवहार गरिएको दाबी गरे।

प्रधानमन्त्री ओलीले रास्वपा नेताहरूलाई भेट्दै नयाँ दलबाट अपेक्षित नयाँ तरिका नआएको टिप्पणी गरे। उनले चितवनमा आफ्नो पुतला जलाएको प्रसंग उठाउँदै विरोधको शैलीमा परिवर्तनको अभावप्रति व्यंग्य गरे। ओलीले संसदीय समितिमा रास्वपा सांसदको सहभागिता उल्लेख गर्दै प्रतिवेदन कार्यान्वयन सरकारको दायित्व भएको र यसलाई प्रतिशोध भन्न नमिल्ने धारणा राखे।

ओलीले "कानूनी प्रक्रिया सबैको लागि समान हुने" स्पष्ट गर्दै सरकारले कसैमाथि पूर्वाग्रह राखेर व्यवहार नगर्ने प्रतिबद्धता व्यक्त गरे।


  • Jigyasa media

थप