Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

म जीवित हुँदा सम्म राजतन्त्र फर्कने सपना पूरा हुन दिँइदैन : प्रचण्ड

  •   १ वर्ष अघि | ९ चैत्र २०८१, शनिबार

चितवन, चैत ९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पुन: राजतन्त्र फर्काउने योजना सफल हुन नदिने बताएका छन्।

तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनको भरतपुर–२३, कसरा चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई मजबुत बनाउँदै राजतन्त्रको सम्भावना पूर्ण रूपमा समाप्त पार्ने प्रतिबद्धता जनाए।

संविधानको रक्षा र कार्यकारी राष्ट्रपतिको प्रस्ताव

सभामा बोल्दै प्रचण्डले हालको संविधानलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको उल्लेख गरे।

सरकारबाट हटाउने प्रपञ्च र जनताको भूमिका

उनले माओवादीलाई सरकारबाट हटाउने विभिन्न षड्यन्त्र भएको दाबी गर्दै भने, “विचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई बाहिर पठाए, तर जनताले हाम्रो भूमिकालाई पुनः महसुस गर्न थालेका छन्। हामीलाई लागेको रोगको उपचार डाक्टरले गर्न सक्दैन, त्यसको उपचार जनता आफैंले गर्छन्।”

माओवादी अपराजेय रहेको दाबी

उनले २०६४ सालको निर्वाचनमा जनताले माओवादीलाई सिंहदरबार पठाएको उल्लेख गर्दै कांग्रेस, एमाले र राजसंस्थाप्रति कटाक्ष गरे। “हामी अपराजेय हौं, कसैले जित्न सकेन। नेपाल सरकार र अन्तर्राष्ट्रिय शक्तिहरूले समेत माओवादीलाई दबाउन नसकिने बुझेका छन्,” उनले भने।

जनतासँगको सम्बन्ध मजबुत बनाउन अभियान

प्रचण्डले जनतासँगको सम्बन्ध मजबुत बनाउन तराई-मधेश जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले भने, “सम्बन्ध कमजोर हुँदै गएपछि भ्रष्ट तत्वहरू फस्टाउँदै गए। त्यसैले यथास्थिति तोड्न यो अभियान अघि बढाएका हौं।”

सभामा सहभागी कार्यकर्ताहरूले माओवादी आन्दोलनलाई सशक्त बनाउन एकताबद्ध हुनुपर्ने धारणा राखेका थिए।


  • Jigyasa media

थप