Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अंग हो

  •   १ वर्ष अघि | ५ भदौ २०८२, बिहिबार

काठमाडौँ, भदौ ५ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले फेरि एकपटक जोड दिए— लिपुलेक, लिम्पियाधुरा र कालापानी शतप्रतिशत नेपाली भूमि हुन्, नेपालकै स्वीकृति बिना छिमेकी मुलुकबीच हुने कुनै पनि व्यापारिक सहमति अस्वीकार्य छ।

संसदमा उठेको आवाज

आकस्मिक समयमा बोल्दै बर्तौला गोकुल बास्कोटा गगन थापा नेकपा माओवादीका संसदले भारत र चीनबीच लिपुलेक मार्ग हुँदै हुने व्यापार सहमति नेपालको सार्वभौमिकतामाथि आघात भएको बताए का छन् । उनीहरूले भने,

“नेपाली भूमिमाथि नेपालको सहभागिता र स्वीकृति बिना छिमेकी देशहरूबीच हुने कुनै पनि व्यापारिक सम्झौता मान्य हुँदैन। सार्वभौमिकताको हिसाबले कुनै मुलुक सानो हुँदैन।”

बर्तौलाले उच्चस्तरीय कूटनीतिक पहलमार्फत तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए र आवश्यक परे प्रतिवाद गर्ने चेतावनीसमेत दिए।

भारत–चीनको दृष्टिकोण

भारतले यस विषयमा आफ्नो धारणा निरन्तर स्पष्ट रहेको दाबी गर्दै आएको छ। भारतीय पक्षका अनुसार,

लिपुलेक मार्ग हुँदै भारत–चीनबीचको सीमा व्यापार सन् १९५४ देखि सुरु भएको हो।

पछिल्ला वर्षमा कोभिड–१९ लगायत कारणले अवरुद्ध भए पनि दुबै पक्षबीच सहमति भएपछि यसलाई पुनः सुरु गर्ने निर्णय भएको हो।

भारतले नेपालले राखेको दाबीलाई अस्वीकार गर्दै प्रष्ट प्रतिक्रिया दिएको छ—

“यी दाबीहरू कुनै पनि ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैनन्। यसरी एकतर्फी रुपमा भूभाग विस्तार गर्ने प्रयास अस्वीकार्य छ।”

नेपालको धारणा

नेपालले भने निरन्तर आफ्नो आधिकारिक धारणा दोहोर्‍याउँदै आएको छ। परराष्ट्र मन्त्रालयले पनि प्रष्ट पारेको छ कि लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंग हुन्।

नेपालले भारत–चीनबीच हुने सहमतिप्रति असन्तुष्टि जनाउँदै यसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनतामाथि प्रत्यक्ष आघात गर्ने तर्क अघि सारेको छ।

  • Jigyasanepal

थप