Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

काभ्रेमा सय मत पनि कटाउन नसकेका उम्मेदवारहरु को को छन् ?

  •   ८ महिना अघि | २४ फाल्गुन २०८२, आइतवार

आइतबार, फागुन २४, २०८२ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् । 

काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरेका छन् । यस क्षेत्रमा चार उम्मेदवारले एक हजारभन्दा कम मत ल्याएका छन् । सय मत नकटाउनेमा जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशिल लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६, समावेशी समाजवादीका विनोद लामाले ५०, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ तथा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सबैभन्दा कम अर्थात् सात मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७, मङ्गल नेशनल अर्गनाईजेशनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिस्ट पार्टीका कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका हुन् । 

काभ्रेपलाञ्चोक–२ मा भने दर्जनभन्दा बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार मितेरी पार्टी नेपालका हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपालका सुकमान तामाङले १५, मंगोल नेशनल अर्गनाइजेशनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले २८, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत तथा स्वतन्त्र उम्मेदवारहरू केशवराज तिमिल्सिनाले चार, लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन् ।

  • Jigyasanepal

थप