Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

संसदमा २६ वर्षीय जेन्जी युवा खनालको सानदार इन्ट्री

  •   ८ महिना अघि | २३ फाल्गुन २०८२, शनिबार

२०८२ फागुन २३

नवलपुर । पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ बाट २६ वर्षीय नवयुवा मनिष खनाल प्रतिनिधि सभा सदस्यमा सानदार जीत हासिल गर्दै संसदमा प्रवेश गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको उमेदवारका रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचनका लागि चुनावी मैदानमा होमिएका जेन्जी युवा खनाल ४१ हजार ३ सय ७४ मतका साथ विजयी भएका हुन । खनालले ३२ वर्षदेखि नेकपा एमालेले विजय हासिल गर्दै आएको नवलपरासी ब सु पूर्व क्षेत्र नम्बर २ मा आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महतलाई २५ हजार ५ सय ९२ मतको फराकिलो मतान्तरले पराजित गरेका छन । महत यही क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार थिए । त्यस्तै नेपाली कांग्रेसका ओम बहादुर घर्तीले १४ हजार ७ सय १३ मत हासिल गरी तेस्रो स्थानमा रहेका छन ।

 सानै उमेरदेखि राजनीतिमा रुचि भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं ६ घर भएका खनाल गत भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन पछि चर्चामा आएका थिए । २० वर्षकै कलिलो उमेरमा विवेकशील साझा पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका खनाल २०७६ सालमा जनकपुरमा सम्पन्न तत्कालीन विवेकशील साझा पार्टीको महाधिवेशनबाट २० वर्षकै उमेरमा सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

  • Jigyasanepal

थप