Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

साथीहरू ..!

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

✍🏼 श्यामल


रातको भयाभह अध्यारोमा हिँड्यो हामी सँगसँग

गर्मी यामको चर्को घाममा हिँड्यौ हामी सँगसँगै

हिउँदको भयानक चिसो हिउँमा टेकेर नाङ्गा पाइतालाहरु

साथीहरु हो, हामीले यात्रा गर्‍यौं सँगसँगैं ।

इतिहासको क्रुर यथार्थका बाङ्गाटिङ्गा बाटाहरु नाघेर

यौटा बेलुन उडाएर आर्दशको

उचाइको उचाइलाई हरायौं हामीले

सहरको डरलाग्दो दुर्गन्धमा नाक नथुनेर

गल्ली – गल्लीमा मानिसको सुगन्ध खोज गर्‍यौं हामीले

साथीहरु हो, हामी रायौं सँगसँगै

हामी हाँस्यौ सँगसँगै ।


सँगसँगै हfमी हिँड्दा परास्त भयो भोक 

सँगसँगै शब्दहरु खर्च ग¥यौं हामीले

र हरायौं आफन्तहरुको मृत्युशोक

नशाहरु उनेर नशामा

एउटाको नशा उनेर अर्काको नशामा

हामी लडयौं रात – रातभर । दिन – दिनभर

नरभक्षीका नशाहरुसित

गहिराइको गहिराइलाई हरायौं हामीले

साथीहरु हो, युग बोक्यौ हामीले

र युगका खलनायकको मुकुट झिकेर

युगलाई कायल पार्‍यौं

हामीले सँगसँगै ।

  • Jigyasa media

थप