Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

साथीहरू ..!

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

✍🏼 श्यामल


रातको भयाभह अध्यारोमा हिँड्यो हामी सँगसँग

गर्मी यामको चर्को घाममा हिँड्यौ हामी सँगसँगै

हिउँदको भयानक चिसो हिउँमा टेकेर नाङ्गा पाइतालाहरु

साथीहरु हो, हामीले यात्रा गर्‍यौं सँगसँगैं ।

इतिहासको क्रुर यथार्थका बाङ्गाटिङ्गा बाटाहरु नाघेर

यौटा बेलुन उडाएर आर्दशको

उचाइको उचाइलाई हरायौं हामीले

सहरको डरलाग्दो दुर्गन्धमा नाक नथुनेर

गल्ली – गल्लीमा मानिसको सुगन्ध खोज गर्‍यौं हामीले

साथीहरु हो, हामी रायौं सँगसँगै

हामी हाँस्यौ सँगसँगै ।


सँगसँगै हfमी हिँड्दा परास्त भयो भोक 

सँगसँगै शब्दहरु खर्च ग¥यौं हामीले

र हरायौं आफन्तहरुको मृत्युशोक

नशाहरु उनेर नशामा

एउटाको नशा उनेर अर्काको नशामा

हामी लडयौं रात – रातभर । दिन – दिनभर

नरभक्षीका नशाहरुसित

गहिराइको गहिराइलाई हरायौं हामीले

साथीहरु हो, युग बोक्यौ हामीले

र युगका खलनायकको मुकुट झिकेर

युगलाई कायल पार्‍यौं

हामीले सँगसँगै ।

  • Jigyasa media

थप