Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पहाड र आकाश

  •   २ वर्ष अघि | ३२ साउन २०८१, शुक्रबार

कविता : 

✍🏼–  मञ्जुल


पहाड चढ्दै गयो भने

मानिसको

आँसु पनि भेटिन्छ

हाँसो पनि भेटिन्छ ।

पहाड नभएको मानिस

संसारमा

कुनै पनि ठाउँमा

कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

मानिसको जीवन नै एउटा पहाड हो

युदालसान

पसिना काढ्दै-काढ्दै चढ्नुपर्छ

र पुग्नु पर्छ

टुप्पोमा

पहाडहरूलाई पनि माया गर्ने

आकाशलाई भेट्न

छातीमा वा शिरमा

आकाश नभएको मानिस

संसारमा

कुनै पनि ठाउँमा

कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

  • Jigyasa media

थप