Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

लाखौँ मानिसहरूलाई सडकमा उत्रन आह्वान

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार


✍🏼माया एन्जेलु

रात अझ लम्बिँदै गइरहेको छ

अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन्

खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ

असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन्

पर नीलो आकाश टुङ्गिने क्षितिजमा

कुनै साधारण मानिस पुग्न नसक्ने त्यो ठाउँमा

कुनै आत्मिक ज्ञानले मलाई बिस्तारै त्यहाँ पु¥यायो

जहाँ,

तिम्रा हातहरू बाँधिएका थिए, तिम्रा मुखहरू बन्द गरिएका थिए

तिमीले मेरो नाम पनि उच्चाहरण गर्न सक्दैनथ्यौ

तिमी बेसहरा थियौ र म पनि त्यस्तै थिएँ

र, दुर्भाग्यवस इतिहासको पानाभरि तिमीले

अपमानको बिल्ला लगाएर उभिनु परेको थियो ।

रात अझ लिम्बिँदै गइरहेको छ

अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन्

खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ

असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन्

तर आज,

हाम्रा पुर्खाका हजारौं वर्ष पुराना आत्माहरूले

गहिरो शब्दमा हामीहरूलाई भनिरहेका छन्

सयौं महासागरहरू, सयौं समुन्द्रहरूलाई पार गर्दै

हाम्रा पुर्खाका पुराना आत्माहरूले भनिरहेका छन्–

‘‘एकापसमा नजिक आऊ

र, आफ्नो समुदायको रक्षा गर

हामी पुर्खाहरूले. विभिन्न समयमा त्याग गरेकाछौं

तिमी सन्ततीहरूको मुक्ति र स्वतन्त्रताको लागि

हामी पुर्खाहरूले पटक पटक वलिदान दिएका छौं’’

त्यसैले,हामी पुर्खाहरू भन्छौं–

‘‘जाग, एक आपसमा नजिक आऊ

र, आफ्नो समुदायको रक्षा गर’’

रात अझ लम्बिँदै गइरहेको छ

अन्यायको पीडाहरू झन दुख्दै गइरहेकोछ

खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ

असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन्

त्यो अन्याय र अत्याचारको नर्क

जहाँ हामी बस्नुप¥यो र अझै बसिरहेका छौं

त्यो पीडाले हाम्रो चेतना तिखारिएको छ

र, ईच्छाशक्ति अझ दृढ भएको छ

अर्कोतिर,

अन्यायको रात अझै लम्बिँदै गइरहेको छ

त्यसैले, आफ्नो पीडा र आक्रोशयुक्त आँखाले

आफ्नै आत्मालाई हेर

त्यहाँ मुक्तिको चाहना सलबलाइरहेकोे छ

र, मलाई थाहा छ–

एकापसको निकटटाले हामीमा ठूलो एकता ल्याउनेछ

र, जब म तिम्रो शरीर

र, तिम्रो इतिहासको उत्तार–चढावहरूलाई आँखा चिम्लेर हेर्छु

र, पाउँछु कि,

तिम्रो आँखा वरिपरि तिम्रो समुदाय र तिम्रो अस्तित्वप्रतिको

प्रेम नाचिरहेको हुन्छ

तिम्रो आँखामा तिम्रो समुदायप्रतिको प्रेम नाचिरहेको

त्यसैले, म जोडले भन्छु–

ताली बजाउँदै सबैजना यो बैठकहलमा आऊ

ताली बजाऊ र यो अपमानको बस्तीबाट मुक्र हुने प्रयास गर

एकसाथ ताली बजाऊ

एकापसमा अझ नजिक होऊ र आफ्नो मुटुलाई पुनः दह्रो बनाऊ

एकापसमा नजिक आऊ र आत्माभित्रको कमजोरीहरूलाई पुनः मूल्याङ्कन गर

एकापसमा अझ नजिक आऊ र आफ्नो आत्माहरू सफा गर

ताली बजाऊ र नयाँ यात्राको लागि तयारी होऊ

र, आफ्नो इतिहासमाथि अरुहरूद्वारा हुने अपमान

र, आफ्नोद्वारा हुने गद्दारी रोक

ताली बजाऊ,

र, नयाँ यात्राको लागि सानातिना ठाउँमा अल्झेका आत्माहरूलाई आह्वान गर

ताली बजाऊ, जोडले तालीबजाऊ

(एकतृत होऊ र लाखौं मासिहरू सडकमा उत्रेर कराऊ )

उत्साहपूर्ण आजाज निकालेर कराऊ र कराउँदै ताली बजाऊ

आफ्नो बोलीहरू मा उत्साह र जाँगर ल्याऊ

आफ्नो सुत्ने, खाने र कामगर्ने तरिकाहरूमा उत्साह र सुधार ल्याऊ

किनकि, पुर्खाहरूले हामीहरूलाई भनिरहेका छन्–

‘अहिले हाम्रो जीवन र हाम्रो इतिहासहरू पीडायुक्र भएपनि

हामी भनेको अघि बढिरहने समुदायहरू हौं

जो एकदिन अवशय पुनः व्यूँझनेछ

जो एकदिन अवशय पुनः व्यूँझनेछ

हामी एकदिन अवश्य व्यूँझनेछौं ।

  • Jigyasa media

थप