Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू

  •   १२ महिना अघि | ४ असोज २०८२, शनिबार

✍🏼पाव्लो नेरुदा

लेख्न सक्छु म आजको रात

सबैभन्दा उदास पङ्क्तिहरू

लेखूँ, जस्तै- 'रात छ ताराहरूले भरिएको,

तारा छन् निला, चम्किरहेका कतै टाढा ।'

आकाशमा घुम्छ रात्री हावा र गाउँछ ।

आजको रात लेख्न सक्छु सबैभन्दा उदास कविताहरू

मैले प्रेम गरेँ उनलाई, कहिलेकाहीँ उनले पनि प्रेम गरिन् मलाई ।

आजको रातजस्तो ती रातहरूमा थामेको हुन्थेँ उनलाई मैले पाखुरीमा

कतिपटक चुमेँ मैले उनलाई यो अन्तहिन आकाश तल ।

उनले मलाई प्रेम गरिन्, कहिलेकाहीँ मैले पनि प्रेम गरेँ उनलाई

कोही किन नगरोस् उनका ठूल्ठूला शान्त आँखाहरूसँग प्रेम ।

आजको रात लेख्न सक्छु सबैभन्दा उदास कविताहरू

सोच्दै कि छैनन् उनी मेरो नजिक । महसुस गर्दै कि गुमाएँ मैले उनलाई...

असीमसम्म जाने यस रातलाई सुन्दै

जो उनीबिना छ अझ बढी विशाल

चौरमा शीतजस्तो आत्मामा झर्छ कविता ।

के नै फरक पर्छ र ?

कि मेरो प्रेमले उनलाई सम्हाल्न सकेन

ताराहरूले भरिएको छ यो रात र उनी छैनन् मेरो साथमा ।

बस् यत्ति । कहीँ टाढा कोही गाइरहेछ

कहीँ टाढा...

मेरो आत्मामा कुनै आनन्द छैन उनलाई गुमाएर ।

उनलाई पाउने खोजीमा छन् मेरा नजर

कि ल्याउन सकुँ एकदम नजिक उनलाई

उनको बाटो हेर्छ मेरो दिल र उनी छैनन् नजिक मेरो

ठिक त्यस्तै रात तिनै रुखहरुमा जून चम्काउने

त्यो समयका हामी उस्तै छैनौँ ।

अब म उनलाई गर्दिन प्रेम, यो सत्य हो

तर मैले उनलाई कति प्रेम गरेँ

हावा खोज्थ्यो मेरो आवाज उनको कानलाई छुन ।

कोही अरुको/ कोही अरुकै होलिन् उनी

जस्तो थिइन् उनी मेरो चुम्बन उहिले

उनको आवाज उनको दीप्त शरीर

अनन्त देख्ने उनका आँखाहरू...!

अब म उनलाई प्रेम गर्दिन, सत्य हो

तर सायद म गर्छु प्रेम उनलाई

प्रेम कति छोटो छ र भुल्नु कति लामो ।

कि आजको रातजस्तो ती सबै रातहरूमा

म थामेको हुन्थेँ उनलाई पाखुरीमा

छैन कुनै आनन्द मेरो आत्मामा कि यसले गुमायो उनलाई ।

सायद यो अन्तिम दुख हो जो दिइरहेकी छिन् उनी

सायद यी अन्तिम कविता हुन् जो म उनका लागि लेखिरहेछु ।

  • Jigyasanepal

थप