Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

चार जना वडा सदस्यले किन लगाए वडामा ताला?

  •   २ वर्ष अघि | २६ असार २०८१, बुधबार

महोत्तरी । औरही नगरपालिका–२ को वडा कार्यालयमा सोही वडाका निर्वाचित ४ जना वडा सदस्यले तालाबन्दी गरेका छन् ।सोमबार वडा अध्यक्ष दरेश यादवलाई कार्य सम्पन्न गरेको फाइलमा सही गर्न भनेपछि वडा अध्यक्ष यादवले २० प्रतिशत नगद दिएपछि मात्र सहि गर्छु भनेपछि वडा सदस्य संजय यादवको नेतृत्वमा वडा सदस्य सोनाबती देवी यादव, राजकुमरी देवी, दुलारी देवीसहित ४ ओटै वडा सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

३ वटा काम छुट्टाछुट्टै उपभोक्ता समितिद्वारा भएको थियो । वडा कार्यालयको बजेट उपभोक्ता समितिद्वारा माटोको काम महेश यादव, ग्राभेलको काम बिनेश यादव र ढलानको काम नवीन राउतले गरेका थिए । ३ ओटै काम करिब २८ लाख बराबरमा सम्पन्न गरिएको छ ।

यस मध्ये १ जना उपभोक्ता समितिका अध्यक्ष बिनेश यादवले भने आफूहरूले ऋण लिएर जनताको काम गरेको र वडा अध्यक्षलाई हामी किन कमिसन दिने भनेर वडा सदस्यहरूलाई सुनाएपछि वडा सदस्यहरूले आक्रोशमा तालाबन्दी गरेका हुन् । यति मात्र होइन केही दिनअगाडि सोही वडामा पर्ने चेपकट गाउँमा बस्ने गने दहालले नाता प्रमाणित नागरिकता गर्न जाँदा वडा अध्यक्ष यादवले ७ हजार लिएर सिफारिस दिएको गुनासो गरेका थिए ।

वडा अध्यक्ष यादवले वडा कार्यालयबाट हुने काम सिफारिस, नाता सिफारिस, तमसुक दर्तालगायत अन्य काम काजमा पनि वडा अध्यक्षले कमिसन माग्ने र लिने गरेको आरोप वडा सदस्य संजय यादवले लगाए । तालाबन्दी भएको विषयमा वडा अध्यक्ष यादवसँग फोन सम्पर्क गर्दा फोन उठाएनन् ।

  • Jigyasa media

थप