Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

जोरपाटी माध्यमिक विद्यालयलाई बस हस्तान्तरण

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

काभ्रेपलाञ्चोक । पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिएको छ। आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विद्यालयलाई बस हस्तान्तरण गरेका छन्। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज धितालले गरेका थिए भने प्रमुख अतिथि पूर्व मन्त्री लक्ष्मण लम्साल थिए।


बस हस्तान्तरण कार्यक्रममा पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लम्सालले भने, "प्रदेश सरकारको विद्यालय बस वितरण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर हामीले बस ल्याउन सफल भयौं। विद्यार्थीको सुविधाका लागि बस किनिएको हुँदा यसको सही सदुपयोग हुनेछ र बस सेवाका कारण विद्यार्थीको संख्या बढ्ने अपेक्षा राखिएको छ।"


मन्त्री लम्सालले विद्यालय राम्रो बनाउन स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थी सबैले मिलेर काम गर्नुपर्ने बताए। उनले भने, "विद्यालयको परिवर्तन भनेको समाजको परिवर्तन हो। कुनै ठाउँको समाजको सभ्यता त्यहाँको विद्यालयले देखाउँछ, त्यसैले विद्यालय राम्रो बनाउनु जरुरी छ।"


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज धितालले विद्यालय सुधारमा सबैजनाको सहयोग आवश्यक रहेको र आगामी दिनमा विद्यालयलाई नमूना बनाउने बताए। साथै, बस दीर्घकालसम्म चल्ने विश्वास व्यक्त गर्दै अभिभावकलाई निराश नहुन आग्रह गरे।


पाँचखाल नगरपालिकाका उप-मेयर सुर्यमाया दनुवारले बस सञ्चालनमा आउनु खुशीको कुरा भएको भन्दै, यो खुशी निरन्तर रहनका लागि बस राम्रोसँग चल्नुपर्नेमा जोड दिइन्।


बस हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईराला, जोरपाटी माविका प्रधानाध्यापक विष्णु सापकोटा, शिक्षक, विद्यार्थी, र अभिभावकको उपस्थिति रहेको थियो।

  • Mr. Admin

थप