Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

आजको तापईंको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

कार्तिक २३, शुक्रबार, २०८१

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

दैनिक राशिफल – 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन आत्मविश्वासले भरिपूर्ण रहनु हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ भने निर्णय क्षमतामा वृद्धि हुनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। आर्थिक पक्ष सुदृढ हुने सम्भावना छ। सानातिना विवाद र असमझदारीमा नफस्नु होला। मित्रताको सम्बन्ध सुमधुर बन्नेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

व्यापार व्यवसायमा सफलता मिल्नेछ। नयाँ योजनाहरूमा ध्यान दिनुहोस्। पारिवारिक वातावरण सौहार्दपूर्ण हुनेछ, तर स्वास्थ्यमा विशेष ख्याल गर्नु पर्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज तपाईंलाई कार्यक्षेत्रमा अतिरिक्त परिश्रम गर्नु पर्ने हुनसक्छ। सोच विचार गरेर निर्णय लिनुहोस्। साझेदारीमा सफलता मिल्नेछ। मानसिक तनावले सताउन सक्छ, ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक जीवनमा रमाइलो वातावरण रहनेछ। पुरानो मित्रसँग भेटघाट हुने सम्भावना छ। आर्थिक लाभको सम्भावना देखिन्छ, तर व्यर्थ खर्चमा नियन्त्रण गर्नुहोस्।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक र रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी मिल्न सक्छ। आत्मविश्वासमा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएको काम बन्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन-अध्यापनमा प्रगति हुनेछ। पारिवारिक माहोलमा सहयोग मिल्नेछ, तर निर्णय गर्दा सतर्क रहनु होला।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन प्रतिकूल रहन सक्छ। नयाँ कार्यको थालनी गर्न नहुन सक्छ। यात्रामा ध्यान पुर्याउनुहोला। धैर्य र संयमले काम गर्नु होला।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक क्षेत्र सबल रहनेछ। व्यवसायमा सुधार आउनेछ। समाजमा सम्मान प्राप्त हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धेरै मेहनत गरे पनि फल भने ढिलो मिल्न सक्छ। नोकरीमा प्रशंसा मिल्नेछ। परिवारको साथले उत्साह बढाउनेछ। स्वास्थ्यमा सुधार हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक शान्ति मिल्नेछ। नयाँ क्षेत्रमा लगानीको अवसर प्राप्त हुनेछ। आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। घरपरिवारमा सुखद वातावरण रहनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। विदेश यात्रामा सम्भावना देखिन्छ। आत्मविश्वास र मेहनतले अवसर प्राप्त हुनेछ।



शुभ दिन ।।


  • Jigyasa media

थप