मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज धन प्राप्तिका लागि समय अनुकूल छ। पारिवारिक सुख शान्ति मिल्नेछ। व्यापारमा नाफा हुनेछ। नयाँ काममा लगानीको अवसर प्राप्त हुने सम्भावना छ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज सहकर्मीहरूको सहयोगले तपाईलाई फाइदा हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाईनेछ। खर्चमा भने केही वृद्धि हुन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज आफ्नो निर्णयमा दृढ रहनुहोस्, सफलता अवश्य मिल्नेछ। तर, स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।
कर्कट (हि,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक पक्ष सुदृढ बन्नेछ। मान–सम्मान पाउने समय छ। तर, घरायसी विवादले मन अशान्त हुन सक्छ। धैर्य राख्नु राम्रो हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काममा नयाँ अवसरको प्राप्ति हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। यात्रामा लाभ हुन सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज पारिवारिक जीवनमा सन्तोष प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। व्यापारमा फाइदा हुने समय छ। तर, भावनात्मक निर्णय गर्दा विचार पुर्याउनुहोस्।
तुला (रा,री,रू,रे,रो,ता,ती,तू,ते)
व्यापार र लगानीमा फाइदा हुनेछ। जीवनसाथीसँग सम्बन्ध सुमधुर रहनेछ। नयाँ कार्यमा सफलता मिल्नेछ। मनोरञ्जनमा रुचि बढ्नेछ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा ध्यान पुर्याउनु आवश्यक छ। खर्चमा वृद्धि हुनसक्छ। योजना बनाई काम गर्नाले सफलता मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नु राम्रो हुनेछ।
धनु (ये,यो,भा,भी,भू,धा,फ,ढ,भे)
आर्थिक पक्षमा सुधार आउनेछ। पारिवारिक सुख–सन्तोष मिल्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। साथीभाइको सहयोगले नयाँ काममा सफल बन्न सकिनेछ।
मकर (भो,जा,जी,जू,खि,खू,खे,खो,गा,गी)
कार्यमा सानातिना समस्याहरू आउन सक्छन्। आफ्नो संयमता राख्न जरुरी छ। स्वास्थ्यप्रति ध्यान दिनुहोला। मेहनत अनुसार लाभ भने पक्कै मिल्नेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज नयाँ काममा हात हाल्न सकिनेछ। पारिवारिक सुख–शान्ति मिल्नेछ। मनोरञ्जनका कार्यहरूमा समय बित्नेछ। धार्मिक यात्रामा जाने योजना बन्न सक्छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईंको मेहनतको प्रशंसा हुनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। पुराना मित्रसँग भेटघाट हुने समय छ। अध्ययनमा प्रगति हुनेछ र व्यापारमा नाफा कमाइनेछ।
शुभ दिनको शुभकामना !
- Jigyasa media