मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मबल र उत्साह बढ्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। पारिवारिक सहयोगले कार्यसफलता मिल्नेछ। खर्चमा ध्यान दिनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ। व्यापारमा फाइदा होला। नयाँ जिम्मेवारी पाइने सम्भावना छ। घरायसी सुख बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धेरै मिहिनेतले मात्रै लक्ष्य प्राप्त हुनेछ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। शत्रुहरू परास्त हुनेछन्। यात्राको सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्ष सुदृढ हुनेछ। पारिवारिक खुसी बढ्नेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। साझेदारी र प्रेम सम्बन्धमा सुधार आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन चुनौतीपूर्ण देखिन्छ। काममा बाधा पुग्न सक्छ। धैर्य राख्नुहोला। पारिवारिक झन्झट टाढा राख्नु राम्रो हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन नयाँ अवसरको संकेत छ। अध्ययन र यात्राका लागि अनुकूल समय छ। वैदेशिक प्रयासमा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै कुरा सोचेर समय बर्बाद हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। नोकरीमा प्रशंसा पाइनेछ। परिवारसँग सम्बन्ध सुधार हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज भाग्यले साथ दिनेछ। ठूला निर्णय लिने समय हो। प्रेम र मित्रताको सम्बन्धमा सुधार आउनेछ। धार्मिक कार्यमा मन आकर्षित हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नजिकका व्यक्तिसँग मनमुटाव हुन सक्छ। विचारपूर्वक निर्णय गर्नुहोला। स्वास्थ्यमा समस्या देखिन सक्छ। यात्राको सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सकारात्मक सोचले सफलता प्राप्त हुनेछ। आर्थिक लाभका सम्भावना छन्। दाम्पत्य जीवन सुखमय रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईंको आत्मबलले ठूलो सफलता दिलाउन सक्छ। नयाँ सम्बन्ध बनाउने समय हो। पारिवारिक खुसी प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सृजनात्मक काममा सफलता मिल्नेछ। नयाँ अवसरको खोजी गर्ने समय हो। मित्रबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।
शुभ दिन।।
- Jigyasa media