Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

तपाईँको आजको दिन कस्तो रहला? हेर्नुहोस् राशीफल

असोज २५, शुक्रवार २०८१

  •   २ वर्ष अघि | २५ असोज २०८१, शुक्रबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आफ्ना नजिकका मित्र र परिवारसँग समय बिताउन पाउनु हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ, तर अनावश्यक खर्च बढ्न सक्छ। विचार गरेर निर्णय लिनुहोस्।


वृष (ई, ऊ, ए, ओ, वा, वि, वू, वे, वो)

व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ, तर स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। दीर्घकालीन योजनामा सफल हुनका लागि धैर्य आवश्यक हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सामाजिक गतिविधिमा संलग्न हुने अवसर प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। व्यक्तिगत सम्बन्धमा सन्तुलन राख्न प्रयास गर्नु राम्रो हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

वित्तीय स्थितिमा सुधार आउनेछ। नयाँ साथीहरू बनाउने अवसर प्राप्त हुनेछ। पारिवारिक जिम्मेवारीले व्यस्त बनाउनेछ, तर पारिवारिक सुख मिल्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ व्यापारिक अवसर प्राप्त हुनेछ। साथीभाइसँग रमाइलो समय बित्न सक्छ। आत्मविश्वासको अभावले महत्त्वपूर्ण निर्णयमा ढिलासुस्ती हुनसक्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पेशागत जीवनमा प्रगति हुनेछ। व्यक्तिगत जीवनमा सन्तुलन राख्न कठिनाइ हुनसक्छ, तर धैर्य राख्नुहोस्। आर्थिक लाभ हुने सम्भावना छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्यमा ध्यान दिनुहोस्। व्यापारिक योजनाहरू सफल हुनेछन्। मन शान्त राखेर काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक कार्यमा रुचि बढ्नेछ। शत्रुहरूले कमजोर बनाउने प्रयास गर्न सक्छन्, तर तपाईँको धैर्यताले सफलता दिलाउनेछ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पुरानो समस्या समाधान हुनेछ। मानसिक शान्ति प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सामंजस्य कायम रहनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक अवस्थामा सुधार आउनेछ। परिवारको साथले तपाईंलाई हौसला दिनेछ। नयाँ योजनामा सफलता प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ साथीहरूले साथ दिनेछन्। व्यवसायमा लगानी गर्नु अघि राम्रोसँग सोच्नुहोस्। यात्राको सम्भावना छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक लाभ हुनेछ। आफन्तसँग समय बित्नेछ। आत्मविश्वास बढ्नेछ, तर व्यस्तताले गर्दा मानसिक तनाव हुन सक्छ।


शुभ दिन।।

  • Jigyasa media

थप