मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज व्यापारमा प्रगति हुनेछ। धनप्राप्तिका योग छन् र यात्रामा लाभ मिल्नेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ।
वृष (इ,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायिक लाभ मिल्न सक्छ र महत्त्वपूर्ण निर्णयमा सफलता पाइनेछ। कामप्रति उत्साहित र सक्रिय रहनु हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज सामान्य लाभ हुनेछ। परिवारमा समय बिताउन सकिनेछ र नयाँ अवसरको खोजीमा लाग्दा राम्रो हुनेछ।
कर्कट (हि,हू,हे,हो,डा,डी,डू,डे,डो)
नयाँ योजना कार्यान्वयन गर्दा सावधान रहनुहोस्। घरपरिवारमा शुभ समाचार सुन्न पाइनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ अवसर मिल्नेछ। व्यापारमा लाभ हुनेछ र अध्ययनमा प्रगति हुनेछ। उत्साहित भएर काममा लाग्नुहोस्।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रियजनसँग समय बित्न सक्छ। आम्दानीको मार्गमा सुधार हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेमसम्बन्धमा मिठास बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ र यात्रामा खर्च हुनसक्छ। लाभका अवसरहरू प्राप्त हुनेछन्।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक कार्यमा सक्रियता बढ्नेछ। निर्णय गर्दा ध्यान दिनुहोला। आज मानसिक रूपमा शान्ति मिल्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फ,ढ,भे)
आज कार्य क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। सहयोगीहरूको साथले काममा उत्साह जाग्नेछ। आर्थिक स्थिति सुधार हुनेछ।
मकर (भो,जा,जी,जू,खि,खु,खे,खो,गा,गी)
व्यवसायिक क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ र परिवारमा समय बित्न सक्छ। सन्तान पक्षबाट खुशी प्राप्त हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काममा ध्यान दिनुहोस्। कुनै नयाँ जिम्मेवारीको सम्भावना छ। यात्रामा सावधानी अपनाउनु होला।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सकारात्मक सोचले दिन सफल बन्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस् र आर्थिक योजनामा सुधार आउनेछ।
शुभ दिन।।
- Jigyasa media