मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आजको दिन थोरै चुनौतीपूर्ण हुन सक्छ। निर्णय लिने क्रममा सजगता अपनाउनुहोस्। आर्थिक पक्ष कमजोर रहन सक्छ। तर, दिनको अन्त्यतिर केही राम्रो समाचार सुन्न सकिने सम्भावना छ। पारिवारिक कुरामा धैर्य अपनाउनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
काममा सकारात्मक उपलब्धि मिल्नेछ। आर्थिक लाभ हुने योग छ। सानातिना समस्या समाधान हुनेछन्। साथीभाइसँग रमाइलो समय बित्नेछ। नयाँ काम थाल्ने योजना सफल हुने दिन हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):
धेरै विचार गर्दा महत्वपूर्ण अवसर गुम्न सक्छ। निर्णय लिँदा शीघ्रता गर्नु राम्रो हुन्छ। व्यापार व्यवसायमा सुधार आउनेछ। पुराना समस्या समाधान हुनेछन्। सामाजिक काममा सक्रियता बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
आत्मबल र ऊर्जा उच्च रहनेछ। पारिवारिक झैझगडा साम्य हुने सम्भावना छ। छोटो यात्रा लाभदायक हुनेछ। अध्ययन र अनुसन्धानका क्षेत्रका लागि अनुकूल समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आफ्नो काममा तल्लीन हुँदा स्वास्थ्यप्रति ध्यान दिन नबिर्सनुहोस्। नयाँ जिम्मेवारीले थकान महसुस गराउन सक्छ। आर्थिक मामिलामा सजग रहनुपर्ने दिन हो।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
आजको दिन तपाईँका लागि उन्नतिको संकेत छ। प्राविधिक क्षेत्रका व्यक्तिहरूले नयाँ अवसर पाउनेछन्। परिवारमा खुसीको माहोल छाउनेछ। यात्रा लाभदायक हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
कुनै नयाँ योजना बनाउने सोचमा हुनुहुन्छ भने आजको दिन शुभ रहनेछ। आर्थिक पक्ष सबल हुनेछ। व्यापार व्यवसायमा नयाँ अवसरहरू देखिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
धेरै प्रयास गर्दा पनि अपेक्षित सफलता प्राप्त गर्न सकिंदैन। मानसिक तनाव र थकान महसुस हुनेछ। तर, परिवारको सहयोगले दिनको अन्त्यतिर उत्साह बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
पुरानो लगानीबाट राम्रो लाभ हुने सम्भावना छ। नयाँ ठाउँमा यात्राको अवसर प्राप्त हुनेछ। वैदेशिक कामको लागि प्रयास गर्नेहरूका लागि अनुकूल समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
आफ्नो भावनालाई नियन्त्रणमा राख्नुपर्ने दिन हो। प्रेम सम्बन्धमा सावधानी अपनाउनुहोस्। व्यापारिक यात्रामा सतर्कता अपनाउनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
सामाजिक काममा समय दिन सक्नुहुन्छ। साथीभाइसँगको भेटघाट रमाइलो हुनेछ। नयाँ सम्पर्कहरू स्थापित हुनेछन्, जसले भविष्यमा फाइदा पुर्याउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
बाहिरी व्यक्तिहरूसँगको सम्पर्कले केही तनाव उत्पन्न गर्न सक्छ। आर्थिक पक्षमा केही चुनौतीको सामना गर्नुपर्छ। अध्ययन र अनुसन्धानमा ध्यान केन्द्रित गर्नुहोला।
- Jigyasa media