Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

एक लाख घुस सहित अधिकृत रंगेहात पक्राउ

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

काठमाडौं । नवलपरासी पश्चिममा कारागारका शाखा अधिकृत नगद रु १ लाख घुससहित पक्राउ परेका छन् ।

कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको हो।

दत्तले कारागारमा काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनलाई कारागार प्रशासकको निवासबाट आइतबार पक्राउ गरिएको हो । अख्तियारका प्रवक्ता घिमिरेका अनुसार शाखा अधिकृत दत्तको साथबाट स्रोत नखुलेको अरु ५० हजार रुपैयाँ पनि बरामद गरिएको बताइएको छ ।


  • Reporter

थप