काठमाडौं । नवलपरासी पश्चिममा कारागारका शाखा अधिकृत नगद रु १ लाख घुससहित पक्राउ परेका छन् ।
कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको हो।
दत्तले कारागारमा काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनलाई कारागार प्रशासकको निवासबाट आइतबार पक्राउ गरिएको हो । अख्तियारका प्रवक्ता घिमिरेका अनुसार शाखा अधिकृत दत्तको साथबाट स्रोत नखुलेको अरु ५० हजार रुपैयाँ पनि बरामद गरिएको बताइएको छ ।
- Reporter