Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

चैत्र ३० गते, २०८१ शनिबारको दैनिक राशीफल

  •   १ वर्ष अघि | ३० चैत्र २०८१, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल बढ्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। आर्थिक लेनदेनमा सजक रहनुहोला। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। यात्रामा लाभ मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेम र सम्बन्धमा सन्तुलन आवश्यक छ। आकस्मिक खर्च बढ्न सक्छ। परिश्रमअनुसार सफलता हात लाग्नेछ। खानेकुरामा विशेष ध्यान दिनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक सम्मान र प्रतिष्ठा बढ्नेछ। प्रेमीप्रेमिकाबीच सुमधुर सम्बन्ध कायम हुनेछ। नयाँ योजना सुरू गर्न अनुकूल समय छ। निर्णय क्षमता मजबुत देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारभित्र सानातिना असमझदारी देखिन सक्छ। खर्चमा नियन्त्रण आवश्यक छ। व्यवसायमा सामान्य प्रगति हुनेछ। मानसिक चञ्चलता नियन्त्रण गर्नुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साहित्य, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। साना लगानीमा राम्रो लाभ मिल्ने सम्भावना छ। सन्तान पक्षबाट खुसी मिल्नेछ। यात्रामा सफल हुनुहुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

समय व्यवस्थापनमा कठिनाइ आउन सक्छ। घरायसी कामले व्यस्त बनाउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। नयाँ योजना थाल्न केही प्रतीक्षा गर्नु राम्रो।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरै मेहनत पछि सफलता हात पर्नेछ। बोल्दाखेरि विचार पुर्‍याउनु होला। कानुनी वा सरकारी काममा ढिलाइ हुन सक्छ। सानो यात्राले लाभ दिलाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक साथ र समर्थन पाइनेछ। आत्मविश्वास बढ्नेछ। सञ्चार तथा लेखन–प्रकाशन कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको उपयोग राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

अत्यधिक आत्मविश्वासले गल्ती गराउन सक्छ, सतर्क रहनुहोस्। प्रेममा उतारचढाव आउन सक्छ। खर्च बढी हुने दिन हो। पुराना साथी भेटिने सम्भावना छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कर्ममा सफलता मिल्नेछ। जागिर वा व्यवसायमा नयाँ अवसर आउन सक्छ। बौद्धिक कार्यमा प्रशंसा पाइनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुनै ठूलो निर्णय लिनुपर्छ भने सोचविचार गरेर मात्र गर्नुहोला। धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययन, अनुसन्धान र यात्रामा राम्रो लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शत्रु पक्षबाट सतर्क रहनुहोला। कानूनी वा विवादास्पद विषयमा आज निर्णय नगर्नु राम्रो। प्रियजनसँग भेटघाटको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

शुभ दिन ।

  • Jigyasa media

थप