Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

चैत्र ३० गते, २०८१ शनिबारको दैनिक राशीफल

  •   २ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल बढ्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। आर्थिक लेनदेनमा सजक रहनुहोला। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। यात्रामा लाभ मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेम र सम्बन्धमा सन्तुलन आवश्यक छ। आकस्मिक खर्च बढ्न सक्छ। परिश्रमअनुसार सफलता हात लाग्नेछ। खानेकुरामा विशेष ध्यान दिनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक सम्मान र प्रतिष्ठा बढ्नेछ। प्रेमीप्रेमिकाबीच सुमधुर सम्बन्ध कायम हुनेछ। नयाँ योजना सुरू गर्न अनुकूल समय छ। निर्णय क्षमता मजबुत देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारभित्र सानातिना असमझदारी देखिन सक्छ। खर्चमा नियन्त्रण आवश्यक छ। व्यवसायमा सामान्य प्रगति हुनेछ। मानसिक चञ्चलता नियन्त्रण गर्नुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साहित्य, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। साना लगानीमा राम्रो लाभ मिल्ने सम्भावना छ। सन्तान पक्षबाट खुसी मिल्नेछ। यात्रामा सफल हुनुहुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

समय व्यवस्थापनमा कठिनाइ आउन सक्छ। घरायसी कामले व्यस्त बनाउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। नयाँ योजना थाल्न केही प्रतीक्षा गर्नु राम्रो।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरै मेहनत पछि सफलता हात पर्नेछ। बोल्दाखेरि विचार पुर्‍याउनु होला। कानुनी वा सरकारी काममा ढिलाइ हुन सक्छ। सानो यात्राले लाभ दिलाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक साथ र समर्थन पाइनेछ। आत्मविश्वास बढ्नेछ। सञ्चार तथा लेखन–प्रकाशन कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको उपयोग राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

अत्यधिक आत्मविश्वासले गल्ती गराउन सक्छ, सतर्क रहनुहोस्। प्रेममा उतारचढाव आउन सक्छ। खर्च बढी हुने दिन हो। पुराना साथी भेटिने सम्भावना छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कर्ममा सफलता मिल्नेछ। जागिर वा व्यवसायमा नयाँ अवसर आउन सक्छ। बौद्धिक कार्यमा प्रशंसा पाइनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुनै ठूलो निर्णय लिनुपर्छ भने सोचविचार गरेर मात्र गर्नुहोला। धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययन, अनुसन्धान र यात्रामा राम्रो लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शत्रु पक्षबाट सतर्क रहनुहोला। कानूनी वा विवादास्पद विषयमा आज निर्णय नगर्नु राम्रो। प्रियजनसँग भेटघाटको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

शुभ दिन ।

  • Jigyasa media

थप