Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

पशुपति दर्शन: आजको साउन सोमबार यस्तो हुन्छ लाभ

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

काठमाडौं - आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।


साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्। हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन्। 


हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुहरूको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ। 


गेरुवस्त्रधारी बोलबम यात्रीहरूको पनि शिवालयहरूमा उल्लेख्य संख्या हुन्छ। बोलबम यात्रीहरूले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन्। 


यस दिन पशुपति दर्शन गर्नाले धार्मिक, मानसिक, र आध्यात्मिक लाभ प्राप्त हुन्छ। व्रत तथा पूजाले मनोकांक्षा पूर्ति हुने र जीवनमा शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास छ।

  • Jigyasa media

थप