Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

पशुपति दर्शन: आजको साउन सोमबार यस्तो हुन्छ लाभ

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

काठमाडौं - आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।


साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्। हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन्। 


हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुहरूको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ। 


गेरुवस्त्रधारी बोलबम यात्रीहरूको पनि शिवालयहरूमा उल्लेख्य संख्या हुन्छ। बोलबम यात्रीहरूले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन्। 


यस दिन पशुपति दर्शन गर्नाले धार्मिक, मानसिक, र आध्यात्मिक लाभ प्राप्त हुन्छ। व्रत तथा पूजाले मनोकांक्षा पूर्ति हुने र जीवनमा शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास छ।

  • Jigyasa media

थप