Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ जेठ १४ गते, बुधबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल बढ्नेछ, साना सफलताले उत्साह दिनेछ। रोकिएको काम अघि बढ्नेछ, तर वाणीमा संयमता अपनाउनुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक लाभको संकेत छ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। माया–प्रेममा प्रगाढता बढ्नेछ। पारिवारिक सम्बन्धमा मिठास छाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यावसायिक यात्रा सफल रहनेछ। सानो नोकझोकबाट बच्न सक्नुपर्छ। सामाजिक कार्यमा सरिक हुनसक्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्ममा लगनशीलता बढ्नेछ। मिहिनेत अनुसार फल मिल्नेछ। मानसिक अशान्तिबाट टाढा रहन ध्यान र आत्मअनुशासन उपयोगी बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीभाइको साथ पाउने समय हो। निर्णय लिन ढिलाइ नगर्नुहोस्। बोलीको प्रयोग सचेत भएर गर्नुहोस्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

घरपरिवारमा नयाँ उत्सव वा कार्यक्रमको चर्चा हुनेछ। अरुको प्रभावमा नपरी निर्णय लिनु राम्रो हुनेछ। खानपानमा ध्यान दिनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विद्यार्थी तथा प्रतिस्पर्धीले सफलता पाउने दिन हो। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आत्मविश्वासमा वृद्धि हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। सोचेर मात्र काम गर्नुहोस्, लगानी वा खर्चमा सतर्कता आवश्यक छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्र वा अध्ययनका लागि प्रयास गर्न उपयुक्त समय हो। मान-सम्मान पाइने सम्भावना छ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा)

कठिन परिस्थितिमा पनि तपाईंको धैर्यता नै जित हुनेछ। कामको प्रशंसा पाइनेछ। ध्यान केन्द्रित गरी अघि बढ्नुस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सृजनात्मक काममा रुचि बढ्नेछ। नयाँ योजना सफल बन्नेछ। मान्यजनसँगको सल्लाहबाट लाभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विचार र बोलीमा मेल राख्न नसक्दा असमझदारी बढ्न सक्छ। समयमै निर्णय लिएर काम अघि बढाउनु उचित हुनेछ।

  • Jigyasanepal

थप