Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ जेठ १४ गते, बुधबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल बढ्नेछ, साना सफलताले उत्साह दिनेछ। रोकिएको काम अघि बढ्नेछ, तर वाणीमा संयमता अपनाउनुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक लाभको संकेत छ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। माया–प्रेममा प्रगाढता बढ्नेछ। पारिवारिक सम्बन्धमा मिठास छाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यावसायिक यात्रा सफल रहनेछ। सानो नोकझोकबाट बच्न सक्नुपर्छ। सामाजिक कार्यमा सरिक हुनसक्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्ममा लगनशीलता बढ्नेछ। मिहिनेत अनुसार फल मिल्नेछ। मानसिक अशान्तिबाट टाढा रहन ध्यान र आत्मअनुशासन उपयोगी बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीभाइको साथ पाउने समय हो। निर्णय लिन ढिलाइ नगर्नुहोस्। बोलीको प्रयोग सचेत भएर गर्नुहोस्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

घरपरिवारमा नयाँ उत्सव वा कार्यक्रमको चर्चा हुनेछ। अरुको प्रभावमा नपरी निर्णय लिनु राम्रो हुनेछ। खानपानमा ध्यान दिनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विद्यार्थी तथा प्रतिस्पर्धीले सफलता पाउने दिन हो। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आत्मविश्वासमा वृद्धि हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। सोचेर मात्र काम गर्नुहोस्, लगानी वा खर्चमा सतर्कता आवश्यक छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्र वा अध्ययनका लागि प्रयास गर्न उपयुक्त समय हो। मान-सम्मान पाइने सम्भावना छ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा)

कठिन परिस्थितिमा पनि तपाईंको धैर्यता नै जित हुनेछ। कामको प्रशंसा पाइनेछ। ध्यान केन्द्रित गरी अघि बढ्नुस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सृजनात्मक काममा रुचि बढ्नेछ। नयाँ योजना सफल बन्नेछ। मान्यजनसँगको सल्लाहबाट लाभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विचार र बोलीमा मेल राख्न नसक्दा असमझदारी बढ्न सक्छ। समयमै निर्णय लिएर काम अघि बढाउनु उचित हुनेछ।

  • Jigyasanepal

थप