Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ जेठ २९ गते बिहीबार को राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, बुधबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मविश्वासले काम अघि बढाउने दिन हो। वैदेशिक काममा प्रगति देखिन सक्छ। तर साथीभाइ वा सहकर्मीको मन नदुखाउने ख्याल गर्नुहोस्।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धेरै सोच्नुले निर्णयमा ढिलाइ हुन सक्छ। सानो विवादले तनाव दिन सक्छ। परिवारको सहयोगले भावनात्मक राहत मिल्नेछ। साँझपख स्थिति सुध्रने सम्भावना।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अवसरहरूको राम्रो उपयोग गर्न सकिने दिन हो। कुनै नयाँ योजनाको सुरुवात वा लगानीको लागि समय राम्रो छ। मानसम्मानमा वृद्धि हुनेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक सम्बन्धमा मिठास आउनेछ। व्यापार वा पेशागत काममा सुधार आउने संकेत छन्। शत्रुहरू पनि परास्त हुनेछन्। मनमा उत्साह भरिनेछ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभकार्यको योजना बन्न सक्छ। तर खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। पुराना साथीहरूसँग भेटघाटले हर्षित बनाउनेछ। जीवनसाथीसँग सम्बन्ध प्रगाढ हुने समय हो।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै व्यस्तता बीच पनि उपलब्धिमूलक दिन रहन सक्छ। पढाइ लेखाइमा ध्यान जानेछ। न्यायिक वा सरकारी काममा सफलता मिल्ने सम्भावना।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अचानक धनलाभ हुने संकेत छन्। पारिवारिक वा सामाजिक जिम्मेवारीमा सक्रिय भूमिका निभाउनु पर्नेछ। व्यवहारमा सजग रहनु उत्तम।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धेरै जिम्मेवारी आउन सक्छन्। तनाव बढ्न सक्ने सम्भावना भएकाले धैर्यपूर्वक काम गर्नुहोस्। साँझपख मानसिक शान्ति प्राप्त हुनेछ।

♐ धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

विद्यार्थी र अध्ययनरतहरूका लागि शुभ समय छ। धार्मिक कार्य वा तीर्थयात्राको योजना बन्न सक्छ। अभिव्यक्तिमा स्पष्टता राख्दा राम्रो हुनेछ।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। धन खर्च बढ्न सक्छ। तर, पुराना समस्याहरू सुल्झिने सम्भावना पनि छ। आत्मबल घट्न नदिनुहोस्।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साझेदारीमा गरिएको काम लाभदायक हुनेछ। प्रेम र सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ व्यक्तिसँग सम्बन्ध विस्तार हुने योग छ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक सल्लाहले ठूलो निर्णय लिन सकिनेछ। मानसिक रूपमा हलुका महशुस हुनेछ। कृषिको काममा लाभ मिल्नेछ। घरायसी काम सफलतापूर्वक सम्पन्न हुने दिन।

  • Jigyasanepal

थप