Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

२०८२ जेठ २९ गते बिहीबार को राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | २९ जेष्ठ २०८२, बिहिबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मविश्वासले काम अघि बढाउने दिन हो। वैदेशिक काममा प्रगति देखिन सक्छ। तर साथीभाइ वा सहकर्मीको मन नदुखाउने ख्याल गर्नुहोस्।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धेरै सोच्नुले निर्णयमा ढिलाइ हुन सक्छ। सानो विवादले तनाव दिन सक्छ। परिवारको सहयोगले भावनात्मक राहत मिल्नेछ। साँझपख स्थिति सुध्रने सम्भावना।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अवसरहरूको राम्रो उपयोग गर्न सकिने दिन हो। कुनै नयाँ योजनाको सुरुवात वा लगानीको लागि समय राम्रो छ। मानसम्मानमा वृद्धि हुनेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक सम्बन्धमा मिठास आउनेछ। व्यापार वा पेशागत काममा सुधार आउने संकेत छन्। शत्रुहरू पनि परास्त हुनेछन्। मनमा उत्साह भरिनेछ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभकार्यको योजना बन्न सक्छ। तर खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। पुराना साथीहरूसँग भेटघाटले हर्षित बनाउनेछ। जीवनसाथीसँग सम्बन्ध प्रगाढ हुने समय हो।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै व्यस्तता बीच पनि उपलब्धिमूलक दिन रहन सक्छ। पढाइ लेखाइमा ध्यान जानेछ। न्यायिक वा सरकारी काममा सफलता मिल्ने सम्भावना।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अचानक धनलाभ हुने संकेत छन्। पारिवारिक वा सामाजिक जिम्मेवारीमा सक्रिय भूमिका निभाउनु पर्नेछ। व्यवहारमा सजग रहनु उत्तम।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धेरै जिम्मेवारी आउन सक्छन्। तनाव बढ्न सक्ने सम्भावना भएकाले धैर्यपूर्वक काम गर्नुहोस्। साँझपख मानसिक शान्ति प्राप्त हुनेछ।

♐ धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

विद्यार्थी र अध्ययनरतहरूका लागि शुभ समय छ। धार्मिक कार्य वा तीर्थयात्राको योजना बन्न सक्छ। अभिव्यक्तिमा स्पष्टता राख्दा राम्रो हुनेछ।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। धन खर्च बढ्न सक्छ। तर, पुराना समस्याहरू सुल्झिने सम्भावना पनि छ। आत्मबल घट्न नदिनुहोस्।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साझेदारीमा गरिएको काम लाभदायक हुनेछ। प्रेम र सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ व्यक्तिसँग सम्बन्ध विस्तार हुने योग छ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक सल्लाहले ठूलो निर्णय लिन सकिनेछ। मानसिक रूपमा हलुका महशुस हुनेछ। कृषिको काममा लाभ मिल्नेछ। घरायसी काम सफलतापूर्वक सम्पन्न हुने दिन।

  • Jigyasanepal

थप