🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सकारात्मक सोच र आत्मविश्वासले सफलता मिल्नेछ। आर्थिक लाभका संकेत छन्। तर, भावनामा बगेर निर्णय नगर्नुहोस्।
🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। नयाँ सम्पर्क लाभदायक बन्न सक्छन्। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। सानो यात्राको सम्भावना छ।
🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजनबाट मन दुखाउने व्यवहार पर्न सक्छ। सामाजिक इज्जत जोगाउन सजग रहनुहोस्। खर्च बढ्न सक्छ।
🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना समस्यामा सुधार आउनेछ। वैदेशिक सम्बन्ध बलियो बन्न सक्छ। प्रेममा प्रगाढता बढ्नेछ।
🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मबल उच्च रहनेछ। काममा सफलता मिल्नेछ। तर, मानसिक तनावले शरीरमा असर पार्न सक्छ।
🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन, अनुसन्धान र सिर्जनात्मक काममा सफलता मिल्नेछ। तर, पारिवारिक विषयमा चनाखो रहनुहोस्।
🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ योजना बन्नेछ। साझेदारीका काम लाभदायक रहनेछन्। प्रेममा विश्वासको खाँचो पर्न सक्छ।
🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक लाभ हुने समय छ। परिवारमा खुशी छाउनेछ। नयाँ सम्पर्कले अवसर ल्याउनेछ।
🔮 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको क्षेत्रमा तनाव आउन सक्छ। धैर्य र समझदारी आवश्यक छ। खर्चमा नियन्त्रण गर्नुहोला।
🔮 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा)
कामको प्रशंसा हुनेछ। पदोन्नति वा नयाँ जिम्मेवारीको सम्भावना छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ।
🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्यार्थी वा अनुसन्धानकर्ताका लागि राम्रो समय। पारिवारिक सहयोग पाउने समय हो। लामो समयदेखि रोकिएको काम बन्न सक्छ।
🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दैनिक काममा विघ्न आउन सक्छ। सहयोगी हात कम देखिनेछ। तर, धार्मिक आस्था बलियो हुने समय हो।
-
Jigyasanepal