मेष (Aries) – दिन शुभ रहनेछ। अध्ययन, व्यापार र प्रेममा प्रगति हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्, तर हडबडीले काम बिग्रन सक्छ।
वृष (Taurus) – पारिवारिक सौहार्दता कायम रहनेछ। आर्थिक लाभको संकेत छ। प्रेम सम्बन्धमा भावनात्मक तनाव आउन सक्छ।
मिथुन (Gemini) – भाग्यले साथ दिनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम र वैवाहिक जीवन सुखद रहनेछ।
कर्कट (Cancer) – मानसिक तनाव बढ्न सक्छ। खर्च नियन्त्रण गर्नुहोला। कुनै नसोचेको स्थानबाट आर्थिक सहयोग मिल्न सक्छ।
सिंह (Leo) – नयाँ काम वा परियोजना थालनी गर्न अनुकूल समय छ। प्रेम जीवनमा सुधार आउनेछ। यात्रा शुभ रहनेछ।
कन्या (Virgo) – पदोन्नति वा काममा सफलता मिल्ने योग छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला।
तुला (Libra) – पढाइमा राम्रो सफलता मिल्नेछ। वैदेशिक यात्रा वा व्यापार विस्तारको अवसर मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ।
वृश्चिक (Scorpio) – गोप्य शत्रु सक्रिय हुन सक्छन्। स्वास्थ्य प्रति सचेत रहनुहोला। व्यावसायिक जीवनमा चुनौती आइन सक्छ।
धनु (Sagittarius) – शुभ समाचार प्राप्त हुनेछ। पारिवारिक जीवन सुखद रहनेछ। प्रेम र मित्रताको सम्बन्धमा सुधार आउनेछ।
मकर (Capricorn) – जिम्मेवारी बढ्नेछ। नसोचेको ठाँउबाट आर्थिक लाभ हुने सम्भावना छ। पारिवारिक सम्बन्ध राम्रो रहनेछ।
कुम्भ (Aquarius) – दिन रमाइलो रहनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा गहिरोपन आउनेछ। धार्मिक कार्यमा मन जानेछ।
मीन (Pisces) – खर्च बढ्ने संकेत छ। परिवारमा सामान्य असमझदारी हुन सक्छ। तर, आत्मसंयमले समस्या टार्न सकिनेछ।
शुभ दिन ।
- Jigyasa media