Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  •   ३ महिना अघि | ३१ जेष्ठ २०८३, आइतवार

काठमाडौं, जेठ ३१ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी पहाडी क्षेत्र तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ। साथै वाग्मती र गण्डकीका तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ, वर्षा तथा सम्भावित प्राकृतिक विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। रासस

  • Jigyasanepal

थप