काठमाडौँ — सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका सबै सामानसमेत फिर्ता गर्न आदेश दिइएको छ।
अदालतको आदेशपछि पत्रकार श्रेष्ठको रिहाइको बाटो खुलेको छ।
-
Jigyasanepal