Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

कोसीमा भारी वर्षाको चेतावनी, अन्य प्रदेशमा तातो लहरको जोखिम

  •   ३ महिना अघि | ६ असार २०८३, शनिबार

काठमाडौं, असार ६ — देशका विभिन्न भूभागमा आज फरक–फरक मौसमीय अवस्था रहने भएको छ। कोसी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहँदा लुम्बिनी, सुदूरपश्चिम, वाग्मती र गण्डकीका तराई क्षेत्रमा तातो दिन तथा तातो हावाको लहर चल्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल कोसी प्रदेशका केही क्षेत्रमा मनसुनी प्रभाव सक्रिय रहेको छ भने देशका अन्य भूभागमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम छ।

दिउँसो देशका हिमाली तथा पहाडी भूभागसँगै कोसी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि बाक्लो बदली रहनेछ। मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज कोसी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ। यस्तै वाग्मती र गण्डकीका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो हावाको लहर (Heat Wave) चल्ने सम्भावना छ भने वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने पूर्वानुमान गरिएको छ। गर्मीको प्रभावले जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ। कोसी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मधेस प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ।

मौसमविद्हरूले विशेषगरी कोसी प्रदेशका नदी, खोलानाला आसपासका बासिन्दा, यात्रु तथा कृषकहरूलाई सतर्क रहन आग्रह गरेका छन्। वर्षासँगै पहिरो, भूक्षय र आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

  • Jigyasanepal

थप